चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १५:४१:२
८ वैशाख,काठमाडौं । अख्तियार अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन नापी अधिकृतसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित सातजनाविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
काठमाडौं विकास प्राधिकरणको सहमतिविना स्मार्ट सिटीअन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुसी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेकाले नापीका कर्मचारीसहित त्यहाँका स्थानियविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर भएको हो ।
साविक मुलपानी १ ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरेको आरोप लगाइएको छ ।
उक्त आरोपमा प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत शंकर पाण्डेय र सर्भक्षेक रामनारायण यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरमा कैद र जरिवाना माग गरिएको छ ।
त्यस्तै, मालपोत कार्यालय, चावहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवरले उक्त कित्ताकाट भएका जग्गामा क्षेत्रफल बढी कायम गरेको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ । काफ्ले र कुँवरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा कैद र जरिवाना माग गरिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का सीताराम अधिकारी र काठमाडौं महानगरपालिका वडा नं. ९ का नवीन दाहालले कित्ताकाट गर्ने क्रममा आफूहरूलाई लाभ प्राप्त गर्ने उद्देश्यले अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरेको आयोगको दाबी रहेको छ । उनीहरूले नापी तथा मालपोतका कर्मचारीहरूलाई सहयोग गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र ९ बमोजिमको कसुरको मतियार भई उक्त ऐनको दफा २२ बमोजिम सजाय माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
न्यायाधीश शुनिल पोखरेलको इजलासमा सुनुवाइ हुँदै गृहमन्त्री लामिछानेविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार
टाइटानिकको भग्नावशेष हेर्न अर्को पनडुब्बी जहाज जाने
जेठ १६, २०८१ बुधबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार