एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १४:३०:४६
११ वैशाख, काठमाडाैं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४।७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँ बरबरको 'कर प्रयोजन समेत' नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले विभिन्न एजेन्डासहित संस्थाको आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण आषाढ मसान्त २०७९ को वासलात, आर्थिक वर्ष २०७८र७९ नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको जनाएको छ।
संस्थाले मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। चालू आर्थिक वर्ष २०७९र८० को दोस्रो त्रैमासिकको अन्त्यसम्म वित्तीय संस्थाले कुल २ लाख ३ हजार ८६२ विपन्न परिवारमा लघुवित्तले सेवा प्रदान गरेको छ। साधारण सभा आइतबार धरान उपमहानगरपालिका ८, सुनसरीमा सम्पन्न भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार