मिटरब्याजीमाथि कारवाही गर्ने कानुन ल्याउन अध्यादेश सिफारिस
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार २०:४४:५
१९ वैशाख, काठमाडौं । सरकारले मिटरब्याजीसँग सम्बन्धित कानुन बनाउनका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले मिटरब्याजीसँग सम्बन्धित अध्यादेश राष्ट्रपति कार्यालयका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्बाट मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको जानकारी दिइन् । अध्यादेश राष्ट्रपति समक्ष पठाइएको छ ।
मधेशका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीपीडित काठमाडौंमा धर्ना बसिरहेका बेला मन्त्रिपरिषद्ले अध्यादेश ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट सिफारिस अध्यादेश राष्ट्रपतिले जारी गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संघीय संसद्को अधिवेशन नरहेको बेला सरकारले तत्काल केही कानुनी व्यवस्था गर्नका लागि अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार