गुटभित्र धुम्बाराहीमै अलमलिए कांग्रेस सभापति देउवा
केदार भट्टराई (काका)
बैशाख २१, २०८० बिहिबार १३:१०:९
२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बाराही निवासमा के गरिरहेका छने भन्ने जिज्ञासा यति बेला आम कांग्रेस वृतमा उठिरहेको छ । वैशाख १० को उपनिर्वाचन सकिएपछि आगामी बजेटबारे सुझाव दिन भन्दै दुई दिन बसेको संसदीय दलको बैठकबाहेक सभापति देउवा पार्टीका कार्यक्रममा बाहिर निस्किएका छैनन् । संसदीय समितिको बैठकमा उनले कांग्रेसमा व्यापक समीक्षा गर्नु पर्ने अवस्था आएको बताएका थिए ।
त्यस यता सभापति देउवा सत्ता गठबन्धनको बैठकभन्दा बाहिर निस्किएका छैनन् । उनी धुम्बाराही निवासमा सीमित गुटका नेताहरूले दिएका सुझाव र पार्टी गतिविधिका रिपोटिङकै विश्वासमा अलमलिएका छन् । धुम्बाराहीको बाक्लो आउजाउमा रहेका एक कांग्रेस नेताको भनाइ अनुसार उपनिर्वाचनमा पार्टीका महामन्त्रीले हेलचेक्राई गरेकोले हार भएको गुनासो गरिरहेका छन् । कांग्रेसको युवा शक्ति कमजोर बन्दै गएको उनको बुझाइ छ ।
कांग्रेसभित्र यति बेला पार्टी रुपान्तरणका लागि केन्द्रीय तहमा व्यापक छलफल हुनुपर्ने आवाज उठिरहे पनि देउवाले यसतर्फ ध्यान दिएका छैनन् । पार्टीकै काम पनि कांग्रेसभित्र भद्रगोल छन् । नियमित केन्द्रीय समितिको बैठक पनि बस्न सकिरहेको छैन । धेरै पटक केन्द्रीय समितिको बैठक बोलाउन नेताहरूले दवाव दिए । तर, सभापति देउवाले केन्द्रीय समिति बोलाएका छैनन् । यति बेला देशभरको पार्टीको गतिविधि गुटभित्र केही नजिकका नेताहरूले दिएको सूचनाका भरमा बुझिरहेका छन् ।
वास्तविक परिस्थिति के छ भन्ने भन्दा पनि सभापतिलाई खुशी पार्ने मनसायले आएका गलत रिपोटिङमा उनी चित्त बुझाइ रहेका छन् । उनलाई गरिने रिपोटिङमा सहज रुपमा पार्टीका गतिविधि चलिरहेका र भइरहेका छन भन्ने छ । तर, बाहिरको वातावरण यसको ठिक विपरित छ । कांग्रेसप्रति जनस्तरमा व्यापक आक्रोस छ । कार्यकर्ता पार्टी नेतृत्वप्रति आक्रोशित छन् ।
कांग्रेसमा मात्र हैन यतिबेला देशभर पुराना पार्टीहरूको अस्तित्वबारे प्रश्न उठिरहेका छन् । तर, उठेको प्रश्वहरुको असर अरु पार्टीमा भन्दा कांग्रेसमा बढी छ । कांग्रेसले यी विरोधका आवाजलाई शान्त पार्न पार्टीगत केही निर्णयहरू गर्न आवश्यक देखिन्छ । तर, सभापति यी सबै काम अहिले गर्न आवश्यक छैन भन्ने गुटको परिधिभन्दा बाहिर आउन सकेका छैनन् । उनलाई महामन्त्रीद्वयको भूमिका शङ्कास्पद लागेको छ । किनभने उनीसँग अरुको भन्दा धेरै महामन्त्रीका विषयहरू आउनेहरूले सुनाउँछन् ।
सभापति देउवा कांग्रेसभित्र वैचारिक बहसलाई कति प्राथमिकता दिन चाहिरहेका छन भन्ने उदाहरण त विगत १० महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक नडाकिनुबाटै प्रष्ट भइसकेको छ । २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका थिए । त्यसपछि ०७८ पुस १० मा औपचारिकताका लागि पहिलो बैठक बसेको थियो । त्यसपछि चैत ११ देखि १५ सम्म दोस्रो बैठक बस्यो । त्यो बैठक ०७९ वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन परिचालनसम्बन्धी एजेन्डामा केन्द्रित थियो ।
देउवाले पछिल्लो पटक बोलाएको केन्द्रीय कार्यसमिति बैठक ०७९ असार २ मा हो । यही बैठकमा पहिलो पल्ट केन्द्रीय सदस्यहरूले खुलेर बोल्न पाएका थिए त्यसपछि केन्द्रीय कार्यसमितिको बैठक बसेको छैन । विधानले केन्द्रीय कार्यसमिति बैठक दुई महिनाको बीचमा एक पटक अनिवार्य बस्नुपर्ने व्यवस्था गरेको छ । कांग्रेसमा यस पटक १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमिति छ, जसमा पहिलो पल्ट सदस्य बनेका आधाभन्दा बढी छन् । केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यसमितिको पार्टीमा हैसियत नै नभएको भन्दै नेतृत्व र पदाधिकारीमाथि गुनासो गरिरहेका भएपनि सभापति देउवाले यसलाई सुनेका छैनन् । केन्द्रीय कार्यसमितिमा छलफल पारदर्शी हुने र समसामयिक विषय बढी उठ्ने र आफू विरुद्ध नेताहरूले आवाज उठाउने डरले देउवा बैठक र छलफललाई छल्दै आइरहेका छन् ।
पछिल्लो पटक कांग्रेसमा पदाधिकारी बीचको छलफलबाट निर्णय गर्ने र केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उक्त निर्णय अनुमोदन गराउने परम्परा बसेको छ । यी सबै काम धुम्बाराहीबाट नै भइरहेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक यस बीचमा १२ पटक बसेको छ । यस बीचको कार्यसम्पादन समितिको बैठक राष्ट्रपतिको उम्मेदवार, उपनिर्वाचनको उम्मेदवार तय, समानुपातिकको बन्द सूची, स्थानीय निर्वाचनका लागि दल दर्ता र स्थानीय निर्वाचन केन्द्रित अभियानबारे छलफल तथा निर्णय गर्न बैठक बोलाइएको थियो । एक पटक कर्णालीको बाढीपहिरोका विषयमा कार्यसम्पादन समितिको बैठक बसेको थियो । केन्द्रीय कार्यसम्पादन समितिमा १४ पदाधिकारी पदेनसहित ४५ सदस्य छन् तर समिति अझै अधुरो छ ।
पार्टी महाधिवेशन भएको ६ महिनाभित्र सबै विभाग र समितिलाई पूर्णता दिनुपर्ने विधानको प्रावधान पनि सभापति देउवाले बेवास्ता गरेका छन् । पार्टीका २८ वटा विभाग नै रिक्त छन् । केन्द्रीय सदस्यलाई विभाग प्रमुखको जिम्मेवारी दिनुपर्ने हो त्यो पनि भएको छैन । एउटा विभागमा ५१ सदस्य रहने व्यवस्था छ । विभाग पदपूर्ति हुँदा करिब १५ सय जनाले अवसर पाउने थिए । केन्द्रीय कार्यसमिति बैठक नबस्दा नीति महाधिवेशन पनि अन्योलमा परेको छ । ०७९ असार २ को बैठकले तत्काल नीति महाधिवेशन गर्ने निर्णय लिँदै भनेको थियो । नीति महाधिवेशन नहुँदा बदलिँदो समय र समाजअनुसार अघि बढ्न पार्टीले नीति, रणनीति र कार्यक्रमसहितको दस्ताबेज ल्याएको छैन ।
पार्टीभित्रका नेताहरूले पनि पछिल्लो समय कांग्रेस नेतृत्वमाथि प्रश्न उठाउन छाडेका छन् । पदाधिकारीमा रहेका नेताहरुले पनि आफ्ना विचारलाई सामाजिक सञ्जालमा समिति बनाएका छन् । भरपर्दो र कार्यकर्ताले विश्वास गर्ने खालका भनाइभन्दा पदाधिकारीबाटै विवादास्पद विचारहरू सामाजिक सञ्जालमा आउने गरेका छन् । युवा पुस्ताबाट पनि रुपान्तरणको बहस सुरु हुन सकेको छैन । सब सभापतिको मुख ताकेर बसेका छन भने सभापति गुटभित्रका सीमित नेताको घेराबन्दीभन्दा बाहिर आउन सकेका छैनन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपजसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
हिन्दुवादीहरु राजनीतीक रुपमा सशक्त हुनुपर्ने आवश्यकता : विनय यादव
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार