रायमाझी फरारबारे एमालकै सांसद भन्छन्- ‘एक/दुई जना नेताका गल्तीकाे भारी लाखौं कार्यकर्ताले बोक्न सक्दैनन्’
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार ११:२०:१२
२६ वैशाख, काठमाडौं । नेकपा एमालेका पूर्वसांसद सुर्य पाठकले पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्धमा अभिव्यक्ति दिएका छन् । उनले एक/दुई जना नेताले गरेको गलत कार्यको प्रश्न पार्टी र पार्टीका लाखौं कार्यकर्ताले बोक्न नसक्ने भन्दै गुनासो गरेका छन् ।
एमाले बाग्लुघका प्रभावशाली नेता समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीप्रति संक्षित गर्दै पार्टीका केही नेताका कारण सिंगो पार्टीलाई बद्नामको बाटोमा पु्रयाउन नहुने धारणा राखेका बताए । फरार हुनुले अपराध स्वीकार गरेसरह हुने भन्दै यसमा पार्टी नेतृत्व गम्भीर हुन समेत आग्रह गरेका छन् । फरार हुनु भनेकाे अपराध स्वीकार गरेकाे कुरा जसले पनि बुझ्ने विषय भएकाे उनकाे तर्क छ ।
‘फरारको अर्थ अपराध स्वीकार गरेको अर्थ हो, यो जसले पनि बुझ्ने कुरा हो, गल्ती नगरेको भए गिरफ्तारी दिएर अनुसन्धानलाई सघाउनु पर्थ्यो,’ उनले फेसबुकमा स्टाटस मंगलबार लेखेका छन् ‘१/२ जना नेताले गरेको गलत कुराको प्रश्नको भारी लाखौं एमाले कार्यकर्ताले बोक्न सक्दैनन, सुशानको मामलामा कुनै इफ र बटले काम गर्दैन ।’
प्रकरणमा मुछिएपछि पार्टीका सचिव रायमाझी ५ दिनदेखि फरार छन् । उनलाई पक्राउ गर्न प्र्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर खोजी गरिरहेको छ । यसबारे एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने रायमाझी प्रहरीसमक्ष आउने, उनी भाग्दै हिँडनुपर्ने मान्छ नभएको बताउँदै आएका छन् ।
साथै उनलेदाोषीलाई कारवाही दायरामा ल्याउन र निर्दोषलाई फसाउन नहुने टिप्पणी गर्दै आएका छन् । रायमाझी फरार भएकै दिनयता मात्र उनले प्रधानमन्त्री प्रचण्डसँग पटकपटक भेट गरेका छन् । संसद बैठकमा पनि एमालेका सांसदहरुले रायमाझीको बचाउ गर्दै लाउडा, ओम्नी, बालुवाटारको जग्गा, मातातीर्थ जग्गा घोटालाको पनि छानबिन हुनुपर्ने भाग गरिरहेका न् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी
जेठ २०, २०८१ आइतबार
आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी विनियोजन : पूर्वअर्थमन्त्री महत
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
कारोबारको पहिलो दिन नेप्से आज दोहोरो अङ्कले बढ्यो
जेठ २०, २०८१ आइतबार
एक अर्ब ५१ करोड ठगी गरेको आरोपमा पक्राउ परेका सीबी लामा सार्वजनिक
जेठ २०, २०८१ आइतबार
यातायात कार्यालय गौर दलालको लागि आकर्षणको केन्द्र, दुई जना पक्राउ
जेठ २०, २०८१ आइतबार
कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा
जेठ २०, २०८१ आइतबार
तस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी
जेठ २०, २०८१ आइतबार