जेठ पहिलो साता अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १४:१६:४३
♦ इन्दीप कोइराला
२६ वैशाख, बारा । बाराको निजगढमा जेठ पहिलो साता अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा जेठ ४ गतेदेखि अन्तर्राष्ट्रियस्तरको गढीमाई तेक्वान्दो प्रतियोगिता हुन लागेको हो ।
गत ६ जेठसम्म आयोजना गर्न लागिएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, कोरिया र जापानका खेलाडीले सहभागिता जनाउने भएका छन् । मधेस प्रदेश तेक्वान्दो संघका अध्यक्ष पेमासिद्धि लामाले ६ वटा देशका दुई सय ४० खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिए ।
प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लामाले गेरोगी फाइटतर्फ एक सय ८० र पुम्सेतर्फ ६० जना खेलाडीले प्रतिस्पर्धा जनाउनेछन् । अध्यक्ष लामाका अनुसार गेरोगीतर्फ १३ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुम्सेतर्फ १० वर्षदेखि १८ वर्षसम्मको विभिन्न प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नेपालबाहेक अन्य देशबाट बढीमा पाँच जना खेलाडीले सहभागिता जनाउनेछन् भने नेपालबाट आयोजकसहित सबै प्रदेशका खेलाडी सहभागी हुनेछन् । नेपाल तेक्वान्दो संघ र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप संचालन हुने प्रतियोगिता प्रविधिमैत्री हुने आयोजकको दावी छ ।
अन्तर्राष्ट्रियस्तरका रेफ्रीको उपस्थितिमा हुने प्रतियोगितालाई व्यवस्थित र विवादरहित बनाउन प्रविधि प्रयोगमा ध्यान दिएको मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाले बताए । लामाले मोफसलमा पनि विद्युतिय प्रविधिको प्रयोग गरी व्यवस्थितरुपमा खेल आयोजना गर्न सम्भव रहेको सन्देश समेत प्रतियोगिताले दिने लामाको भनाई छ । उनका अनुसार प्रतियोगितामा सहभागीमध्ये ५० जना खेलाडीको दुर्घटना विमा समेत गरिएको छ ।
प्रतियोगितालाई सफल बनाउन निजगढ नगरपालिका र महागढीमाई नगरपालिकाको मुख्य सहयोगीको रुपमा आयोजकलाई साथ दिएका छन् । संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतमले मधेस प्रदेश सरकार, राखेपसहित बाराका अन्य स्थानीयले तहले समेत सहयोग गर्नेमा आशावादी रहेको बताए ।
खेलकुदसंगै मधेस प्रदेशको पर्यटन प्रवर्द्धनसंग जोडिएका कारण पनि मधेस प्रदेश सरकारले प्रतियोगितामा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने गौतमको भनाई छ । प्रतियोगिता संचालनका लागि आयोजक करिब ५९ लाखको अनुमानित लागत राखेको छ ।
प्रतियोगिताका लागि आयोजकले अध्यक्ष लामाको नेतृत्वमा ५० सदस्यीय मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरेर तयारी गरिरहेको छ । आयोजकले अध्यक्ष लामाको नेतृत्वमा आर्थिक, हेमलाल श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता तयारी, जितसिंह लामाको संयोजकत्वमा रेफ्री, चित्रबहादुर लामाको संयोजकत्वमा स्वयंसेवक, सियाराम चौधरीको संयोजकत्वमा प्राथमिक उपचार तथा मेडिकल, नारायण शर्माको संयोजकत्वमा अतिथि सत्कार, मोहन सापकोटाको संयोजकत्वमा खाना तथा बसोबास र केन्द्रीय सदस्य गौतमको नेतृत्वमा प्रचार उपसमिति गठन गरी तयारी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
निर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार