नक्क्ली शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव रायमाझी निलम्बित
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १४:५:१९
२७ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका पार्टी सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेको छ ।
राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । एमालेले पार्टी सचिवबाट निलम्बन गरेपनि उनकाे सांसद पदबारे केही बाेलेकाे छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पार्टी सचिव रायमाझीको नाममा पक्राउ पूर्जी जारी भएको विषयप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासचिव पोखरेलले पार्टी नेतृत्वसँग आफू उपस्थित भएर अनुसन्धानमा सघाउने भनी दिएको आश्वसनविपरीत सम्पर्क विहीन भएको बताएका छन् ।
सो विषयमा सम्बन्धित निकायमा उपस्थित भएर आवश्यक सहयोग गर्न मंगलबार पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्देशन गरिसकेको र सोही आधारमा अनुसन्धान र कानूनी प्रक्रियाले अन्तिम टुंगो नलागेसम्मका लागि केन्द्रीय सचिवबाट निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
रायमाझी पार्टीका सांसद समेत हुन् । प्रकरणमा नाम तानिएपछि रायमाझीविरुद्ध प्रहरीले पक्राउका लागि अदालतबाट पक्राउ पुर्जी पाएको छ । उनको खोजी तीव्र रुपमा भइरहेको प्रहरीले जनाउँदै आइरहेको छ ।
सोही प्रकरणमा उनका छोरा सन्दीपलाई प्रहरीले ४ दिनपहिले नै बुटवल पक्राउ काठमाडौं ल्याएर अनुसन्धान गरिहरेको छ । प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार