भुटानी शरणार्थी प्रकरणबारे संसदमा बोल्न ‘प्रमाण’ जुटाउँदै ओली
‘आङटावा र अभियुक्तको भेटपछि प्रकरणले फरक रुप लिइयो’
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १७:५७:७
२८ वैशाख, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली यतिखेर नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा बोल्न ‘प्रमाण’ जुटाउने काममा लागिरहेका छन् ।
उनले आजबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै प्रकरणको सुरुवाती आफू प्रधानमन्त्री भएको बेलामै भएको कुरा अहिले मात्र थाहा भएको बताए । मन्त्रीस्तरीय निर्णय प्रधानमन्त्रीलाई थाहा नहुने दृष्टान्त थुप्रै भएको जिकिर समेत गरे ।
बैठकको प्रारम्भमा राजनीतिक घटनाबारे सहभागीहरुलाई संक्षिप्तमा जानकारी दिँदै प्रकरणमा पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीको संलग्नताको स्तर कति भन्ने प्रहरीबाट थाहा लाग्ने बताउँदै शरणार्थी प्रकरणमा कहिले, कोबाट, केसम्म भएको थियो ? भन्नेबारे आगामी जेठ ४ गते संसद बैठकमा विस्तृत रुपमा बताउने जानकारी गराए ।
प्रकरणमा सरकारले विपक्षीलाई तह लगाउने अस्त्रको रुपमा अगाडि बढाएको उनको आरोप थियो । उनले प्रकरणबारे अहिले धेरै नबोल्ने, संसद बैठकमै सबै कुरा खुलस्त गर्ने बताए । उनले यसो भन्दा सहभागीहरुले ताली बजाए । प्रकरणमा मुछिएपछि एमालेले केन्द्रीय सचिव रायमाझीलाई अनुसन्धान टुंगो नलागेसम्मका लागि बुधबार मात्र निलम्बन गरेको छ । उनलाई प्रहरीले पक्राउका लागि व्यापक खोजी गरिरहेको छ ।
टोपबहादुरले बुधबार नै प्रहरी कार्यालयमा हाजिर हुन लागेको चर्चाबारे उनले बैठकमा भने, ‘टोपबहादुर जीले प्रहरीमा हिजै हाजिर हुने भन्ने कुरा मैले प्रहरीबाटै बुझ्या हो । तर आजसम्म भएको देखिँदैन ।’
ओलीले बैठकमा बोल्ने क्रममा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अभियुक्तहरुलाई भेटन गएका नेपाली कांग्रेस रामेछापका नेता आङटावा शेर्पा र अभियुक्तलाई छुट्टै कोठामा राखेर घण्टौं कुराकानी गराएको आरोप समेत लगाए । कुराकानीपछि अभियुक्तको बयान फेर्न लगाइएको तर्क समेत गरे ।
प्रकरणलाई एमालेविरुद्ध प्रहारको हतियारको रुपमा कसरी प्रयोग गरिरहेको छ ? भन्ने कुरा संसदमा राख्नै पर्ने अवस्था सरकारले बनाइरहेको उनको भनाइ थियो । प्रकरणलाई टुंगोमा पुर्याउन एमालेले सहयोग गर्ने बताउँदै उनले भुटानी शरणार्थी कसरी सिर्जना गरिएको थियो र हालसम्म के के भए, ककसले केसम्मन गरे भन्ने कुरा प्रमाणसहित खुलस्त गर्दै जाने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके सुविधा थपिए लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाममा ९ हजार ७ सय ४ मत खसेको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु
बैशाख १६, २०८१ आइतबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
बैशाख १६, २०८१ आइतबार
छबिसपाथिभरा गाउँपालिकाबाट बझाङमा मतगणना सुरू
बैशाख १६, २०८१ आइतबार
सिरहाका १३ पालिका दमकल विहीन
बैशाख १६, २०८१ आइतबार
के सुविधा थपिए लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?
बैशाख १६, २०८१ आइतबार
चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने
बैशाख १६, २०८१ आइतबार
काठमाडौंको शंखमूलमा आगलागी
बैशाख १६, २०८१ आइतबार