आरजुका कारण देउवाले गरेनन् राजनीतिक सेन्टिमेन्ट जोगाउने आँट
केदार भट्टराई (काका)
बैशाख २९, २०८० शुक्रबार ११:५३:३१
२९ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका पूर्वगृहमन्त्री वालकृष्ण खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा दुई दिनसम्म छलफल भयो । राजनीतिक मुभमेन्ट अनुसार कांग्रेस गएको भए खाँणलाई सुरुकै पदाधिकारी बैठकले निलम्बन गर्न सक्थ्यो । खाँणलाई निलम्बन गर्नुपर्ने आम कांग्रेस समर्थक र कार्यकर्ताको माग पनि थियो । यसले कांग्रेसलाई राजनीतिक रुपमा नै फाइदा पनि थियो । तर, सभापति देउवाले यो निर्णय लिन सकेनन् । े
जसरी एमाले अध्यक्ष ओली टाेपबहादुर रायमाझीलाई निलम्बन गरेर राजनीतिक फाइदा उठाएका थिए । सभापति देउवाले खाँणमाथि कारबाही गरेर राजनीतिक सेन्टिमेन्ट जोगाउन नचाहनुको खास कारण पत्नी आरजु थिइन् । प्रहरी हिरासतमा रहेका खाणँलाई निलम्बन गर्दा आफूलाई पार्टीले समेत सहयोग नगरेको भन्दै आरजु राणाबारे पोल खोल्ने सम्भावनालाई रोक्न नसकिने देउवाको अनुमान छ । बालकृष्ण खाँणको परिवार र देउवा परिवार निकट छ । उनीहरूका बीचमा सामान्य आर्थिक लेनदेनका बिषयहरु पनि एक अर्कामा साटासाट भइरहन्छन् ।
नक्कली शरणार्थी प्रकरणमा आरजु राणाको कति सहभागिता छ भन्ने कुराको सबैभन्दा धेरै रेकर्ड पनि बालकृष्ण खाँणसँगै छ । यसै कारण पनि देउवाले पदाधिकारी बैठकका धेरै सदस्यको निलम्बन गर्नुपर्ने भनाइलाई टार्दै आएका छन् । तर, देउवाको पत्नी मोहले कांग्रेस पार्टीलाई भने धेरै घाटा भएको छ । यो अहिलेको राजनीतिक सेन्टिमेन्ट नै कारबाही गर्नु पर्छ भन्ने छ । यसो नगर्दा कांग्रेसप्रति भ्रष्टाचारी जोगायो भन्ने अर्को आरोप लागेको छ । यसले अहिलेदेखि आगामी निर्वाचनसम्म नै कांग्रेसलाई हानी गर्ने निश्चित छ ।
यति बेला सभापति देउवा पनि आफै संकटमा छन् । पार्टी हेर्ने कि पत्नी हेर्ने भन्नेमा उनकाे दुविधा । खाँणकै विषयले कांग्रेसभित्र कित्ताकाट बढिरहेको छ । कांग्रेस पदाधिकारीमै धेरै संख्या निलम्बनको पक्षमा छ भन सीमित व्यक्तिहरू मात्र देउवालाई उकासिरहेका छन् । खाँण कांग्रेसका केन्द्रीय सदस्य हुन, उनलाई अहिले निलम्बन गरेर पछि सफाई पाएपछि ल्याउन पनि सकिने विषय नै थियो । निलम्बनका विषयमा पार्टी पदाधिकारी बीचमै विवाद देखिएपछि बिहीबार दोस्रो दिन बसेको पदाधिकारी बैठक पनि बिना निष्कर्ष टुंगिन पुग्यो ।
बिहीबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले खाँणलाई जिम्मेवारीबाट मुक्त गराएर अनुसन्धानलाई सघाउनुपर्ने बताएका थिए । अधिकांश पदाधिकारी खाणलाई निलम्बन गर्नुपर्ने पक्षमा उभिए पनि सभापति देउवाले निर्णय लिन सकेनन् । पार्टीले निलम्बन गर्ने भन्दा खाँण आफैँ जिम्मेवारीबाट अलग भइदिए राम्रो हुने सोच देउवामा देखिएपछि यसैमा सबै सहमत पनि भए ।
सभापति देउवानिकट नेताहरूले भने आफ्ना नेता अप्ठ्यारोमा परेका वेला पार्टीले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव र पूर्वउपसभापति विजय गच्छदारले यस्तो धारणा राखेका थिए । महामन्त्री थापाले भुटानी शरणार्थी प्रकरणमा पार्टीको साझा धारणा बनाउन समेत माग गरेका थिए । बिहीबार देउवाले आनाकानी गरेपछि खाँणले हिरासतमा बसेर अनुसन्धानमा सघाइरहेको र अदालतबाट निर्णय आइ सकेपछि मात्र पार्टीले निर्णय गर्ने समझदारीमा बैठक सकिएको थियो ।
सभापति देउवा नै खाँणलाई पदीय जिम्मेवारीबाट निलम्बन गर्ने पक्षमा नभएकाले पदाधिकारी बैठकले निष्कर्ष निकाल्न नसकेको एक पदाधिकारीले बताए । कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधि र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि खाँणले अनुसन्धानमा सहयोग गर्ने भनि रहेकाले तत्काल निलम्बन गर्न आवश्यक नभएको तर्क गरेका थिए । बैठकमा नेताहरूले यो शरणार्थी प्रकरणमा कारबाहीका पक्षमा उर्लिएको जन लहरको सेन्टिमेन्टलाई कांग्रेसले क्याच गर्न नसक्दा धेरै भोट गुमाउनुपर्ने स्थिति आउने भन्दै सभापतिलाई सचेत हुन आग्रह गरेका थिए ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपगिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार