अर्थमन्त्रीले मागेअनुसार मौद्रिक नीतिको समीक्षा, अर्थतन्त्र केहि सहज हुने अनुमान
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १५:९:५
२९ बैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रशाशरण महतले अर्थतन्त्र चलायमान बनाउनका लागि ब्याजदर घटाएर केही सहुलियत दिने गरी राष्ट्रबैंकले मौद्रिक नीति समीक्षा गर्नुपर्ने भनाई निरन्तर राख्दै आएका थिए । बजेटको सुझाव लिनेदेखि संसदमा पेस गरेकको प्रि-बजेटमासमेत अर्थमन्त्री महतले मौद्रिक नीति नै अर्थतन्त्रको मख्य समस्या भएको बताएका थिए । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षा उनले राखेका विषयमा उदार देखिएको छ ।
नेपाल राष्ट्र बैंकले अर्थतन्त्र मन्दीतर्फ गएको विषयलाई स्वीकार गर्दै मौद्रिक नीतिले केही क्षेत्रलाई राहत दिने आसा देखाएको छ । पुनर्कर्जामा भने केही सजगता अपनाएको छ । मन्दीमा गएका औद्योगिक क्षेत्रलाई कोषमा भएको रकम बराबर मात्र पुनर्कर्जा दिने नीति लिएको छ । पुनर्कर्जाको ब्याज सस्तो हुने भएकाले पनि उद्योगीहरुले यस्ता कर्जाकबाट राहत पाउन सक्छन् । राष्ट्र बैंकले अहिलेको बजारमा अतिरिक्त ५० अर्बको तरलता प्रवाह गरेमा धेरै राह हन्छ । यसले कर्जा–निक्षेप अनुपात पनि कम हँदै जाने अनुमान गरिएको छ ।
यसले निर्माण क्षेत्र, उत्पादन क्षेत्र र थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धि दरलाई सकारात्मक बनाउने अपेक्षा व्यवसायीले गरेका छन् । बैंक तथा वित्तीयले घटाएको ब्याजदर थप घटाउन राष्ट्र बैंकले दवाव दिएको छ । मौद्रिक समीक्षाले साढे ८ प्रतिशतको बैंक दरलाई साढे सात प्रतिशतमा झारेको छ । यसले सरकारी ऋणपत्रको ब्याज घटाउँछ भने बैंकहरुलाई सस्तोमा निक्षेप उठाउन दबाब बढाएको छ ।
मौद्रिक नीति समिक्षाले बैंकहरुलाई ऋण लगानीमा प्रोत्साहित गर्न खोजेको देखिन्छ । असार मसान्तपछि ऋणपत्रहरु सीडी रेसियोमा गणना गर्न नपाइने व्यवस्था हटेको छ । ऋण लगानीमा सघाउ पुग्ने गरी पुस मसान्तसम्म सीडीमा गणना गर्न पाइने सुविधा मौद्रिक नीतिले थपेको छ । २ करोड रुपैयाँसम्म ऋण भएकाहरुलाई दिइएको सुविधा पाँच करोड रुपैयाँ पुर्याइएको छ ।
साना व्यवसायीलाई पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने सक्ने सुविधा पनि दिएको छ । चालु पुँजी कर्जामा मौद्कि नीतिको समीक्षा सकारात्मक देखिएको छ । अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा तीन महिनासम्मका लागि असार मसान्त भित्र म्याद थप गर्न सकिने सुविधा पनि दिइएको छ । यसका लागि बैंकले हर्जाना वा शुल्क लिन नपाउने व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
राष्ट्र बैंकको कारबाहीमा परे लुम्बिनी विकास र एक्सल डेभलपमेन्ट बैंक
बैशाख २०, २०८१ बिहिबार
वित्तीय कारोबारमा कसूर देखिएको भन्दै चार बाणिज्य बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही
बैशाख २०, २०८१ बिहिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार