को हुन् त सिटिजन्स बैंकका डेपुटी सीईओ देवकोटा ?
इन्द्र रिजाल
चैत २६, २०७५ मंगलबार २१:४६:११
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रिक्त डेपुटी सीईओमा बोधराज देवकोटालाई नियुक्त गरेको छ । २०७५ साल चैत्र २४ गते आइतबार बसेको २९७औं सञ्चालक समितिको बैठकले उनलाई साे पदमा नियुक्त गरेको हो । उनी यसअघि सोही बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । उनलाई २०७६ साल बैशाख १ गतेबाट लागु हुनेगरी डेपुटी सीईओमा नियुक्त गरिएको हो ।
देवकोटाले सो बैंकमा स्थापनादेखि विभिन्न पदमा रहेर नेतृत्वदायी भुमिका निर्वाह गर्दै आइसकेका छन् । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचय बनाएका देवकोटाले त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल पनि गरेका छन् ।
उनीसँग बैंकिङ क्षेत्रमा २३ वर्ष काम गरेको अनुभव छ । सिटिजन बैंक आउनुभन्दा पहिले नेपाल बैंक लिमिटेडमा महत्वपूर्ण ओहदामा रहेर काम गरेको अनुभव उनीसँग छ ।
सिटिजन्स बैंकले देशभर ८१ वटा शाखा, ७५ वटा एटएिम र ९९ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करीब ४ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । त्यसैगरी, शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरु छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । बैंकले आगामी दिनमा आफ्ना ग्रहकको मागलाई ध्यानमा राखेर सवेवाहरु अझ थप्दै जाने जानकारी दिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार
सहकारी प्रकरण : छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै
जेठ ८, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेठ ८, २०८१ मंगलबार