स्थापना दिवसमा सशस्त्रका ३१ जनाले गरे रक्तदान
नेपालबहस संवाददाता
बैशाख ३०, २०८० शनिबार १९:२१:५४
३० बैशाख, भैरहवा । सशस्त्र प्रहरी बल, नेपाल नम्वर २७ गण हेडक्वाटर रुपन्देहीले स्थापना दिवसको अवसर पारी विविध कार्यक्रम गरेको छ । सशस्त्र प्रहरीले देशका नागरिकको शान्ति सुरक्षा, विपतमा उद्दार मात्रै नगरी सामाजिक क्षेत्रमा उत्तरदायि छ भन्ने सन्देशका साथ रक्तदान, मधुमेह परिक्षण, सिमा क्षेत्र तथा मन्दिरको सरसफाइ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्वर २७ गण हेडक्वाटर रुपन्देहीका प्रमुख एसपी दिपक थापाले बताए । '१६ औं स्थापना दिवसको अवसरमा रगतको अभावले नै कसैको ज्यान जान नपाओस, रगतको संचितिमा सहयोग पुगोस भन्ने हेतुले गणभित्र रक्तदान कार्यक्रमको आयोजना गरेका हौ' थापाले भने ।
कार्यालयले दिवसको पूर्वसन्ध्यामा नेपाल–भारत सिमा क्षेत्र र मन्दिरमा बृहत सरसफाई गरिसकेको छ भने दिवसको अवसर पारेर शनिबार कार्यालय परिसरमा रक्तदान गरेको छ । लायन्स क्लब अफ भैरहवा लिगेसी र भिम अस्पतालको सहयोग र समन्वयमा कार्यालय परिसरमा रक्तदान र मधुमेह परिक्षण गरिएको गणका सूचना अधिकारी डीएसपी प्रेम प्रसाद सिग्देलले जानकारी दिए ।
सिमा सुरक्षा सँगै सशस्त्र प्रहरी बलले जिल्लामा हुने विभिन्न खालका विपद् तथा नागरिकहरूलाई आवश्यक परेको समयमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षा प्रदान गर्ने गरेको छ भने विपद, महामारी तथा प्राकृतिक प्रकोपहरुमा सशस्त्र प्रहरी सशक्त रुपमा नागरिकको उद्दारमा क्रियाशील हुँदै आएको छ । रक्तदान कार्यक्रममा ३१ जना सशस्त्र प्रहरीले रक्तदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार