गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख सङ्कलन
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १२:२१:२४
३१ वैशाख, काठमाडौं । सडकमा छाडा छोडिएका असहाय गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञबाट रु ६७ लाख सहयोग सङ्कलन भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छा संरक्षणका लागि आयोजित महायज्ञमा रु उक्त रकम सङ्कलन भएको हो । महायज्ञमा रु २१ लाख खर्च भएको थियो ।
बेवारिसे गाईबाच्छा संरक्षणका लागि सहयोग जुटाउने उद्देश्यले वैशाख २२ देखि २८ गतेसम्म आयोजना गरिएको महायज्ञमा श्रद्धालु भक्तजनको उत्साहप्रद उपस्थिति रहेको महायज्ञका संयोजक उत्तम पुडासैनीले जानकारी दिए।
सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि नेपालकै इतिहासमा पहिलो पटक आयोजना यस महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरेको उनले बताए । बेवारिसे गाईबाच्छा संरक्षण अभियानमा जनचासो बढ्ने क्रम पनि जारी छ । गाईबाच्छा संरक्षणका लागि कागेश्वरी मनोहरा नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको थियो ।
वैशाख २२ गते उपराष्ट्रपति रामसहायप्रसाद यादवले महायज्ञ उद्घाटन गरेका थिए। विसं २०७५ जेठ १ गतेदेखि बेवारिसे प्रारम्भ गरिएको अभियानबाट सडकमा दुःख पाएका गाईबाच्छाको संरक्षण भएको छ । छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजक समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार