साँढे ६ करोडको एडिडास जुत्ता बोकेका तीन वटा ट्रक नियन्त्रणमा
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १२:५८:५०
३१ बैशाख, हेटौडा । सशस्त्र प्रहरीले चेकजाँचको क्रममा अबैध रुपमा जुत्ता बोकेका तीन वटा ट्रकलाई पक्राउ गरेको छ । प्रहरीले झन्डै साँढे ६ करोड रुपैयाँ बराबरको एडिडास जुत्ता बोकेका तीन वटा ट्रकलाई मकवानपुरवाट नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको १४ नम्बर गण, मकवानपुरले ती ट्रकलाई नियन्त्रणमा लिएको हो।
हेटौंडा उपमहानगरपालिका–१५ स्थित महेन्द्र राजमार्गवाट चेकजाँचको क्रममा अबैध रुपमा जुत्ता भित्राउँदै गरेका तीनवटा टक्रहरु सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन । गत बैशाख २९ गते विशेष सूचनाको आधारमा ती ट्रक नियन्त्रणमा लिईएको सशष्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार बिल विजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक नियन्त्रणमा परेका हुन ।
जसको मुल्य ४ लाख ८८ हजार १७३।६३ अमेरिकी डलर अर्थात ६ करोड ४२ लाख २९ हजार ४।५० रुपैयाँ रहेको अनुमान गरिएको छ । नियन्त्रणमा लिएको तीनवटै ट्रक थप अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
प्रतिनिधिसभा बैठक बस्दै
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार