सडक अलपत्र पार्ने सांसदको फोटो राखेर ओखलढुंगामा प्रदर्शन
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १३:२९:११
३१ वैशाख, काठमाडौं । ओखलढुंगामा सडकको ठेक्का लिएर राजनीतिक पहुँचका आधारमा निर्माण अलपत्र छाड्ने ठेकेदार एवं कांग्रेसका सांसद कान्छाराम भनिने पूर्णबहादुर तामाङविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
सांसद तामाङले ठेक्का लिएको ओखलढुंगा सदरमुकामदेखि निशंखेसम्मको सडक ग्राभेलको काम वर्षौंदेखि अलपत्र छ । ठेक्का लिएर पेटी ठेकेदारलाई काम जिम्मा दिइ वर्षौसम्म काम अलपत्र पारेको भन्दै ठेकेदार तामाङविरुद्ध स्थानीयले संघर्ष समिति बनाएर आन्दोलन थालेका हुन् । तामाङले काम गरेको पैसा समेत नदिएको आन्दोलनकारीको भनाइ छ ।
यसअघि आफूहरुले अलपत्र निर्णय कार्यबारे ठेक्का लगाउने निकाय पूर्वाधार विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराए पनि कारवाही नगरिएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् । ठेक्का तत्काल रद्द गरी कारवाही गर्न माग गर्दै आक्रोशित स्थानीयले तामाङको अनुहारमा गोबर छ्यापेको तस्बिरसहितको ब्यानर प्रर्दशन गरेका छन् । प्रदर्शनमा ४ सय स्थानीयले आइतबार सोलुखुम्बु–ओखलढुंगा–हर्कपुर सडक खण्डमा पर्ने गोरुमारे भन्ज्याङमा सडक अवरुद्ध गरी राजमार्गमा ‘भ्रष्ट ठेकेदार मूर्दावाद’नारासहित प्रदर्शन गरेका छन् । ब्यानरमा अलपत्र छाडिएका सडकको तस्बिर र ११ बुँदे माग अंकित गरेका छन् ।
कान्छाराम कन्सट्रक्सनले १२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५ हजार आठ सय ३८ रुपैयाँमा एक वर्षभित्र सम्पन्न गर्ने गरी २०७६ पुस ९ गते ठेक्का पाएको थियो । काम सम्पन्न नगर्दा सडकमा उड्ने धुलोले आसपासका स्थानीयको स्वास्थ्यमै असर पुगेको उनीहरुले बताए । सडक निर्माण तत्काल सम्पन्न नगरे आन्दोलन चर्काउने संघर्ष समितिका अध्यक्ष सुवास गुरुङले बताए ।
ठेकेदार तामाङ रामेछापका कांग्रेस जिल्ला सभापति तथा संघीय सांसद हुन् । उनी पार्टी सभापति शेरबहादुर देउवानिकटका हुन् । उनले निकटस्थहरुसँग आफूले सांसदको टिकट पाउन ४ करोड खर्च गरेको बताउने गरेका छन् ।
यस्तै, आन्दोलनमा उत्रिएका स्थानीयले ओखलढुंगाका प्रतिनिधिसभाका सांसद रामहरि खतिवडा र प्रदेश सांसद प्रदीप सुनुवारविरुद्ध समेत आक्रोश पोखेका छन् । उनीहरुमाथि ठेकेदार संरक्षण गरेको आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार