किसान माइक्रो फाइनान्समाथि चर्काे ब्याज असुलेकाे आराेप, साइनबोर्ड हटाइयो
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १८:४०:५
३१ वैशाख, काठमाडौं । अछाम जिल्लाको ढकारीमा संचालित किसान माइक्रो फाइनान्स वित्तीय संस्थाको कार्यालयको बोर्ड हटाइएको छ । फाइनान्सकाे ढकारी शाखाले बचतकर्ताको बचत रकम फिर्ता नदिएको र चर्को ब्याजदरमा ऋण प्रवाह गरेर सर्वसाधारणको उठीबास लगाएको भन्दै नेकपा अछामको नेतृत्वमा गएको टोलीले सांकेतिकस्वरूप साइनबोर्ड फ्याँकेर कारबाही गरेको जनाइएको छ ।
फाइनान्सले चर्को ब्याजको आतंक मच्चाएर गाउँका महिला, किसान र सर्वसाधारणको शोषण गरेको आरोप लगाइएको छ । पटकपटक गल्ती सच्याउन र सचेत बन्न गरिएको आग्रहलाई बेवास्ता गर्दै ज्यादाति जारी राखेको आरोप नेकपा पूर्वअछामको छ । ज्यादाति र शोषण कायमै राखिए कडा कदम चाल्न बाध्य हुने उसले चेतावनी दिएको छ ।
यस्तै, बाग्लुङको शेरादोभान सहकारीका संचालकहरुले स्थानीयको निक्षेप हिनामिना गरेको भन्दै नेकपा बाग्लुङले बचत रकम फिर्ता गर्न माग गरेको छ ।
शेरादोभान सहकारीका संचालकहरुले बचतकर्ताको लाखौं बचत हिनामिना गरेको गुनासो प्राप्त भएको जनाउँदै तत्काल रकम फिर्ता माग गरेको हो । नेकपा कपिलवस्तुले वित्तीय संस्थाहरुले चर्को ब्याजमा ऋण दिएर जिल्लाभित्रका सर्वसाधारणमाथि शोषण गरेको गुनासो आएको भन्दै कारोबार गर्न निषेध गरेको घोषणा पहिल्यै गरिसकेको छ ।
सरकारले पनि मिटरब्याजी र चर्को ब्याजमा ऋण प्रवाह गर्ने वित्तीय संस्थाहरुमाथि कडाइ गर्दै लगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार