यूएमको क्रुजर बाइकले ल्यायो नयाँ वर्षको बहार, एक लाखसम्म नगद उपहार
इन्द्र रिजाल
चैत २६, २०७५ मंगलबार २३:४७:५८
काठमाडौं । यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ ।
सो अफर अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने छ । सो अफर चैत २५ देखि लागु भएको छ र आगामी बैशाख मसान्तसम्म सञ्चालन हुनेछ ।
नेपालमा उपलब्ध यूएमका बाइक मध्ये डीएसआर २०० को मूल्य ४ लाख, डीएसआर २३० को मूल्य ४ लाख ३५ हजार, हाइपर स्पोर्ट २३० को मूल्य ४ लाख ४५ हजार, रेनेगेड स्पोर्ट १८० को मूल्य २ लाख ९९ हजार, रेनेगेड कमान्डो ३०० को मूल्य ६ लाख १४ हजार र रेनेगेड स्पोर्ट एस ३०० को मूल्य ६ लाख २२ हजार रुपैयाँ तोकिएको छ ।
डर्ट र क्रुजर बाइकमा ख्याती कमाइसकेको यूएम बाइक उचित मूल्य र शानदार पर्फमेन्सका लागि लोकप्रिय छन् । नेपाली बजारमा यूएमका डीएसआर २००, डीएसआर २३०, हाइपर स्पोर्ट २५० र रेनेगेड सिरिजका बाइक उपलब्ध छन् । नेपाली बजारमा भएका १८० देखि ३०० सीसीका क्रुजर बाइकहरु उल्लेखनिय संख्यामा बिक्री भएको आईएमई अटोमोटिभ्सले जानकारी दिएको छ ।
विगत ५ वर्षको दौरानमा कम्पनीले यी बाइकहरुलाई अपग्रेड गर्नुका साथै विभिन्न सेवाद्वारा सन्तुष्टि प्रदान गरिरहेको कम्पनीको दावी छ ।अमेरिकी बाइक निर्माता कम्पनी यूएमको सोरुम हाल गैरीधारामा रहेको छ । नेपालमा यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले जमलमा रहेको सोरुमलाई गैरीधारामा सारेको हो ।
ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ सोरुम स्थानान्तरण गरिएको कम्पनीले बताएको छ । यूएमका बाइक राम्रो पिकअप, माइलेज र पर्फमेन्सको लागि पनि लोकप्रिय छन् । कम्पनीले यूएमका मर्चेन्डाइज तथा गियरहरु पनि सोरुममा आकर्षक रुपमा सजाएर राखेको छ ।
नेपालमा उपलब्ध यूएमका बाइक मध्ये डीएसआर २०० को मूल्य ४ लाख, डीएसआर २३० को मूल्य ४ लाख ३५ हजार, हाइपर स्पोर्ट २३० को मूल्य ४ लाख ४५ हजार, रेनेगेड स्पोर्ट १८० को मूल्य २ लाख ९९ हजार, रेनेगेड कमान्डो ३०० को मूल्य ६ लाख १४ हजार र रेनेगेड स्पोर्ट एस ३०० को मूल्य ६ लाख २२ हजार रुपैयाँ तोकिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार