स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण, किसान चिन्तित
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १२:१६:१२
१ जेठ, कर्णाली । तातोपानी गाउँपालिका–१ जुम्ला तरापीमा लगाइएको करिब ४५ हजार स्याउका बिरुवामा ‘टेन्ट क्याटरपिलार’को आक्रमण भएको छ । तातोपानी–१ राँका गाउँवासी तीन सय परिवारले लगाएको स्याउ बगैँचामा टेन्ट क्याटरपिलारको आक्रमणबाट स्याउका बिरुवामा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । लाखौँको सङ्ख्यामा रहेका टेन्ट क्याटरपिलारले स्याउका पात, डाँठ र बोक्रासमेत खान थालेपछि स्याउका बोटमा क्षति पुगेको गाउँपालिकाको कृषि शाखाका प्रमुख पदमबहादुर नेपालीले जानकारी दिए ।
“तीन सय घर परिवार रहेको राँका गाउँको तरापीमा ‘एक घर, एक बगैँचा’को अवधारणाअनुसार प्रतिघर परिवारले एक सय ५० स्याउका बिरुवा लगाएर बगैँचा स्थापना गरेका छन्”, शाखा प्रमुख नेपालीले भने, “तर ती सबै स्याउका बोटका पात टेन्ट क्याटरपिलारले सखाप पारेपछि समस्या भएको छ ।” जुम्ला ‘अर्गानिक’ जिल्ला घोषणा भइसकेकाले विषादी छर्न नपाइने हुँदा टेन्ट क्याटरपिलार कसरी देखियो भन्ने कुरा गाह्रो भएको उनले बताए ।
उत्पादन पहिले भएको तर क्याटरपिलारका लागि अनुकूल वातावरण भएपछि लाखौँको सङ्ख्यामा अहिले वृद्धि भएको शाखा प्रमुख नेपालीले बताए । यसले स्याउको बोक्रामा घर लगाएर बसेको जनाउँदै उनले जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउमा समेत विभिन्न रोग देखिन थालेको बताए ।तरापीमा लगाइएको ठूलो सङ्ख्याका स्याउका बिरुवामा देखिएको क्याटरपिलारको समस्यासँग सम्बन्धित प्रतिवेदन आएसँगै अहिले जुम्लामा पाइने देवदारको तेलसँग पानी मिसाएर छर्कने सल्लाह दिइएको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।
“टेन्ट क्याटरपिलार नियन्त्रणमा लिन हामी अहिले जैविक विषादी पनि खोजी रहेका छौँ”, उनले भने, “त्यसले समस्या हल गर्न नसक्ने अवस्था नभए विकल्प पनि खोज्नुपर्ने हुन्छ ।” तातोपानी–१ का वडाध्यक्ष तथा स्याउ किसान कर्णबहादुर कठायतले आफ्ना तीन सय बोटमा क्षति पु¥याएको बताए । परागसेचनको समय भएकाले रासायनिक विषादीलगायत अन्य विषादी हाल्न नमिल्ने भएकाले अहिले सबै किसानलाई टेन्ट क्याटरपिलारलाई हातैले मार्न सुरु गरिएको उनले जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा
जेठ १३, २०८१ आइतबार
अनुदानमा बिरुवा पाएपछि जैमिनीका किसान केराखेती गर्दै
जेठ १२, २०८१ शनिबार
कञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार