अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि सरकारी विद्यालयमा विद्यार्थीको चाप
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १३:१६:२१
२ जेठ, उदयपुर । विगतका वर्षमा निजी विद्यालयमा देखिने आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा पनि देखिन थालेको छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको हो ।
पाँचरछ वर्षअघिसम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन सुरु गरेको सदरमुकाम गाईघाटको त्रियुगा नमुना, बालमन्दिर, अम्बेबरमावि राजाबास क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको छ ।
त्रियुगा नमुना माविका प्रधानाध्यापक सुवास विष्टका अनुसार छ वर्ष अघिदेखि विद्यालयमा नेपालीसँगै अङ्ग्रेजीमाध्यममा पठनपाठन सुरु गरेकाले विद्यार्थीको सङ्ख्या बढेको हो ।
प्रत्येक कक्षामा अधिकतम ४० देखि ५० विद्यार्थीको कोटा निर्धारण गरी भर्ना अभियान सुरु गरेपछि अहिले एउटै कक्षामा भर्ना हुन आउने सङ्ख्या दुई सयदेखि तीन सयसम्म पुगेको विद्यालयका सहायक प्रधानाध्यापक भोला केसीको भनाइ छ ।
अङ्ग्रेजीमाध्यममा अध्यापन सुरु भएपछि पहाडी क्षेत्रका विद्यार्थी पनि आउन थालेको छ । बालमन्दिर मावि गाईघाट बोक्सेका प्रधानाध्यापक जङ्गबहादुर खड्काले भने, “पाँच वर्षदेखि अङ्ग्रेजी भाषामा पनि पठनपाठन सुरु गरेपछि बर्सेनि दोब्बरको सङ्ख्यामा वृद्धि भइरहेको छ ।”
उनका अनुसार पाँच वर्ष अगाडिसम्म एउटा कक्षामा मुस्किलले एक सय जना आउने गरेकोमा अहिले एउटै कक्षामा तीन सयदेखि पाँच सयसम्म विद्यार्थीले भर्नाका लागि आवेदन दिने गरेका छन् ।
त्रियुगा नगरपालिका–९ राजाबासको अम्बेबर माविमा पनि भर्नाका लागि आवेदन दिने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयका शिक्षक दानबहादुर कटुवालले बताए ।
सरकारी विद्यालयमा जनशक्ति, व्यवस्थापन, भौतिक सुधारसँगैे अङ्ग्रेजीमाध्यमबाट पठनपाठन सुरु भएपछि विद्यार्थी तथा अभिभावकको आकषर्ण बढेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतको भनाइ छ ।
उनका अनुसार अहिले सरकारी विद्यालयले विद्यार्थीका लागि विद्यालय बसको पनि व्यवस्था गर्नुका साथै प्राविधिक विषय पनि पठनपाठन सुरु गरिएको छ ।
जनतामावि लक्ष्मीपुरका शिक्षक हरिप्रसाद पराजुलीका अनुसार पछिल्लो समय सरकारी विद्यालयहरु पनि निजी विद्यालय जत्तिकै अब्बल बन्दै जाँदा आकर्षण बढेको बताउछन् ।
अहिले नगरभित्रका केही सरकारी विद्यालयमा कम्युटर शिक्षा, सिभिल इञ्जिनीयरिङ, कृषि, कानुनलगायतका विषय पनि अध्यापन हुन थालेको छ । “नया शैक्षिक सत्र सुरु हुनासाथ विभिन्न स्थानबाट विद्यार्थीहरु भर्ना हुन आउने गरेका छन्”, त्रियुगा नमुना माविका सहायक प्रधानाध्यापक विदुर खड्का भने, “धेरै विद्यार्थी भएपछि प्रवेश परीक्षा लिएर भर्ना गर्ने गरेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
बैशाख २९, २०८१ शनिबार
भवन अभावले एउटै कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता
बैशाख २५, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार