सिन्धुलीमा पशु चौपायामा कार्पस भाइरसको संक्रमण
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १४:१५:४५
२ जेठ, सिन्धुली । सिन्धुलीमा पछिल्लो केही दिनयता घरपालुवा पशु चौपायामा कार्पस भाइरसको संक्रमण तीव्ररुपमा फैलिएको छ । यसबाट पशु चौपायाको मृत्युसमेत हुने गरेको छ ।
जिल्लामा नौ स्थानीय तहमध्ये आठवटामा कार्पस भाइरसको संक्रमण फैलिएको छ । कार्पस भाइरसको संक्रणबाट हालसम्म ४२ पशु मरिसकेका छन् । कमलामाई नगरपालिका, दुधौली नगपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा पशुमा कार्पस भाइरसको संक्रमण फैलिएको छ । हालसम्म सुनकोसी गाउँपालिकामा भने कार्पस भाइरसको सङ्क्रमण देखा नपरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र सिन्धुलीका पशु चिकित्सक नवराज थापाले जानकारी दिए ।
सबैभन्दा बढी यस रोगको संक्रमण तीनपाटन गाउँपालिकामा छ । रोगको संक्रमण हुने र मर्नेको सङ्ख्या तीनपाटन गाउँपालिकामा अत्यधिक छ । तीनपाटनमा हालसम्म २३ गाई मरेका छन् । दुई हजार तीन सय ३६ पशु संक्रमित बनेका छन् । विशेषगरी गाईमा यो रोगको सङ्क्रमण बढी देखिएको थापाले जानकारी दिए । रोगका कारण आठ हजार दुई सय ६२ पशु बिरामी भएका छन् ।
कमलामाईमा एक हजार नौ सय ८३ पशु कार्पस भाइरसबाट संक्रमित छन् भने सातवटा मरेका छन् । दुधौलीमा दुई हजार एक सय ४९ पशु संक्रमित छन् । मरिणमा संक्रमित एक हजार ३६ र दुई पशु मरेका छन् । फिक्कलमा एक सय ६० पशुमा संक्रमण छ भने एउटा मरेको थापाले जानकारी दिए । गोलञ्जोरमा तीन सय ३५ पशुमा संक्रमण र नौवटा पशुको मृत्यु भएको छ । हरिहरपुरगढीमा दुई सय १६ पशुमा संक्रमण र एकको मृत्यु भएको छ । यस्तै घ्याङलेखमा ४७ पशुमा संक्रमण देखिएको छ ।
यो रोगका कारण साना बाच्छाबाच्छी र कमजोर खालका गाई बढी मर्ने गरेको थापाले बताए । उनले भने, “रोग प्रतिरक्षा शक्ति कमजोर भएका गाईमा रोगको जोखिम बढी भएको पाइएको छ ।” रोग लाग्न नदिन रोग नलागेका गाईलाई रोगविरुद्धको खोप लगाउन सकिने थापा बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा
जेठ १३, २०८१ आइतबार
अनुदानमा बिरुवा पाएपछि जैमिनीका किसान केराखेती गर्दै
जेठ १२, २०८१ शनिबार
कञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार