नक्कली शरणार्थी प्रकरणः पाँच अभियोगसहित मुद्दा बुझाउने तयारी
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार ११:१३:३८
४ जेठ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा लागपछि पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई राज्यद्रोहको अभियोगसहित शुक्रबार वा आइतबारसम्म सरकारी वकिलको कार्यालयमा बुझाउने भएको छ । बुधबार थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएसँगै सकेसम्म शुक्रबार नसकिएमा आइतबार सो मुद्दा बुझाउने प्रहरीले जनाएको छ । ‘ प्रहरीले रातदिन काम गरिरहेको छ सकेसम्म शुक्रबार नै मुद्दा पठाउने छौं नत्र आइतबार बुझाउने छौं ’, जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकारीले भने ।
उनका अनुसार अनुसन्धान भइरहेको ठगीसम्बन्धी कसुर, संगठित अपराधसम्बन्धी कसुर, राज्यविरुद्धको कसुर र लिखतसम्बन्धी (किर्ते) कसुर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट नै चलाउन सकिने देखिएको छ । यस्तै यो प्रकरणमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुर पनि आकर्षित हुने देखिएको छ । जसको अनुसन्धान र तहकिकातका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाउन सकिने प्रावधान रहेको जानकार बताउँछन् ।
अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमार्फत मुद्दा चलाउन सक्छ । पक्राउ परेका १४ जनामाथि अनुसन्धान गर्न अदालतले थप तीन दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले बताएसँगै उनले अब केही दिनमै मुद्दा बुझाउने पनि जानकारी दिए । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार अहिलेसम्म १३ जनासँग बयान लिने काम सकिएको छ । अब पूर्वसभासद आङटावा शेर्पासँग मात्रै बयान बाँकी रहेको छ । ‘मलाई घाइते बनाएर बयान लिने’, आङटावाले भनेका थिए । त्यसपछि प्रहरीले बुधबार उनको बयान रोकेको थियो ।
अन्तिम समयमा हाइ प्रोफाइलका आरोपीहरु पक्राउ परेसँगै प्रहरीलाई मुद्दा बुझाउन दबाब परेको थियो । समय कम भएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीलाई बुधबारसम्ममा अनुसन्धान सकाउन निर्देशन दिएको थियाे । तर प्रमाण संकलन तथा थप व्यक्तिहरू पक्राउ पर्दा अनुसन्धान लम्बिएपछि प्रहरीले शुक्रबारसम्मको समय लिएको हो ।
यसअघि आइतबार पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्व गृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो । सोमबार टोपबहादुर रायमाझी र खाँणको बयान लिएको थियो । मंगलबार पनि खाँणसँगै बयान लिइएको थियो । उक्त घटनामा अहिलेसम्म खाँण, रायमाझी, पाण्डे र केसीसहित १४ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका तीन आरोपीहरू भने फरार छन् । रामबहादुर थापा बादलका छोरा प्रतिक थापा, इन्द्रजीत राइका छोरा निरज राई तथा हज कमिटीका अध्यक्ष शमशेर मिया फरार सूचीमा रहेका छन् । उनीहरूलाई प्रहरीले खोजी गरिरहेको छ ।
भूटानी शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले नेपाली पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डेलाई पक्राउ गरेर उनीहरूको अनुसन्धान पनि सिद्याएको छ । सो घटनाका आरोपी काठमाडौँको टोखा बस्ने रामशरण केसी, मोरङ घर भएका गोविन्द चौधरीसहित उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका छन् ।
शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले उनीहरू विरुद्ध जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी गरेको आरोप लगाएका छन् । उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनभित्र थुनामा राखेर अनुसन्धान तथा अभियोजन गर्ने समय पाउँछ । जसअनुसार १० जेठसम्म अदालतमा अभियोजन दर्ता गर्नुपर्ने हुन्छ । अभियोजनको तयारीकै लागि सरकारी वकिल कार्यालयले प्रहरी कार्यालयबाट मुद्दा आएकै दिनदेखि काम गर्ने कार्यालयका प्रमुख अच्यूत न्यौपानेले जानकारी दिए । प्रहरी स्रोतका अनुसार ‘कानुनी प्रकृया र आधार हेरेर हामी अदालतमा मुद्दा पठाउने छौ’ ।
भुटानी शरणार्थी प्रकरण अन्तर्गत प्रहरीले ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको थियो। दोषीहरूलाई सबैभन्दा पहिला यही कसुर आकर्षित हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ। मुलुकी अपराध संहिता ऐन, २०७४ परिच्छेद २१ मा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरको व्यवस्था छ। जसको दफा २४९ उपदफा (२) मा ‘कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सोही बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्षति पुर्‍याए वा आफ्नो वा अरू कसैका लागि कुनै लाभ प्राप्त गरे निजले ठगी गरेको मानिने’ भनिएको छ।
गिरोहका सदस्यहरूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाउँदै विभिन्न व्यक्तिबाट पाँच लाखदेखि ५० लाखसम्म असुल गरेको पाइएको छ। यसैले यो मुद्दामा प्रस्ट रूपमा ठगीसम्बन्धी कसुर आकर्षित हुने सहन्यायाधिवक्ता न्यौपाने बताउँछन्। मुलुकी अपराध संहितामा यस्तो प्रकृतिको ठगीसम्बन्धी कसुर गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद सजाय र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
पौडेललाई १० दिन हिरासतमा राख्ने अनुमति लिएर अदालतमा मुद्दा दायर गर्दै अख्तियार
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार