ल्यापटप बाँड्ने प्रदेशसभा सचिवालयको सांसदबाटै विरोध
ल्यापटप खरिदका छुटइएको बजेट रोजगारी सिर्जनामा खर्च गर्न सदस्यहरूकाे सुझाव
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १२:३०:५
४ जेठ, विराटनगर । कोशी प्रदेशका सांसदहरुले आफहरुूलाई ल्यापटप खरिदका लागि छुट्याएको बजेट युवालाई रोजगारी सृजनाका लागि खर्च गर्न सुझाव दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)का प्रदेश सांसद गणेश उप्रेतीले सांसदका लागि ल्याटप खरिद गर्न छुट्याएको बजेट युवालाई रोजगारी सृजनाका लागि खर्च गर्न प्रदेश सचिवालयलाई सुझाव दिएका छन् ।
प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि सचिवालयले सांसदलाई बाँड्नका लागि ल्यापटप खरिद प्रकिया अगाडि बढाएको अवस्थाबीच उनले यस्तो बताएका हुन् । ‘ल्यापटप हामी आफैँ किन्छौ । सरकारले यो बजेट युवालाई रोजगारी सृजना गर्न खर्च गरोस्’ सांसद उप्रेतीले भने ।
प्रदेशसभामा रहेका ९३ सदस्य र ७ संसदीय समितिका सचिवलाई वितरण गर्न १०० वटा ल्यापटप खरिद गर्ने प्रक्रिया अगाडि बढेको सिचवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।
सांसदलाई ल्यापटप किन्ने तयारीबारे समाचार सार्वजनिक भएपछि सर्वसाधारणबाटै चर्को विरोध सुरु भएको छ । नागरिकको पसिनाबाट जम्मा भएको राजश्वलाई अनुत्पादक र मनपरी तवरले खर्च गर्न खोजिएको भन्दै सरकारको आलोचना भइरहेको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेस सांसद केदार कार्कीले संसदलाई बदनाम गर्नका लागि ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको भन्दै ल्यापटप बाड्न आवश्यक नरहेको बताए । विरोधका बाबजुद सचिवालयले जबर्जस्ती बाँड्ने ल्यापटप अस्वीकार गर्ने उनीहरुले बताए । ल्यापटप बाँडिए नीतिगत भ्रष्टाचार ठहरिने उनीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
पौडेललाई १० दिन हिरासतमा राख्ने अनुमति लिएर अदालतमा मुद्दा दायर गर्दै अख्तियार
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार