म प्रधानमन्त्री भएको बेला भुटानी शरणार्थीका नाममा भ्रष्टाचार भएको छैनः ओली
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १४:१९:१६
७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने काम नभएको बताएका छन् । उक्त प्रकरणमा केही पनि नभएको ओलीको भनाइ थियो । उनले आफ्नो समयमा केही पनि अमेरिका नगएको भन्दै छानबिन गर्नु परे गर्न सरकारलाई चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको आरोप लगाए । कसैलाई फसाउन वा कसैको पद रिक्त गराउनका लागि सरकार लागिपरेको उनको दाबी छ । उनले बयान र छानबिन प्रकरणलाई नजिकबाट एमालेले हेरिरहेको पनि बताए ।
आफूले विगतमा वर्तमान सरकारमा रहेका दलहरूले नै काम गर्न नदिएको पनि ओलीको भनाइ थियो । आफूमाथि मुद्दा मामिलालगायतका कुरा लगाएर अल्झाएको उनले बताए । नक्कली शरणार्थी प्रकरणमा एमालेको नाम लिन केहीलाई रहर लागेको भन्दै ओलीले त्यस्तो गरिएमा पार नलाग्ने चेतावनी दिए ।
ओलीले नक्कली शरणार्थी प्रकरणको छानबिन गरेको भन्दै फुर्ती नलगाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि सुझाव दिएका छन् । उनले आफै बन्ने कामका लागि पनि प्रधानमन्त्री र गृहमन्त्रीले जश लिइरहेको भन्दै असन्तुष्टि जनाए । ’सरकारबाट भ्रष्टाचार विरोधी च्याम्पियन आफू भएको भनेर कत्ति न बाघ मारेको जस्तो गरिरहेको छ । उधुम हल्ला गरिराख्या छ । गृहमन्त्रीज्यू उधुम हल्ला गरिराख्नुभएको छ । यसमा सरकारले जुँगामा ताउ लगाउनुपर्ने कुनै आवश्यकता नै देखिन्नँ म । यो काण्ड अगाडिदेखि चलिराख्या रहेछ,’ ओलीले भने ।
ओलीले शीर्ष तीन राजनीतिक दलका नेताहरू बस्दा पनि अनावश्यक आलोचना हुन लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता बस्दा सन्देह पैदा गरिएको ओलीले बताए । उनले संसद संचालन, कानुन निर्माणलगायतका विषयमा तीन दलका नेताहरू बसेको भन्दै अनावश्यक सन्देह पैदा गर्ने काम नगर्न आग्रह गरेका थिए ।
ओलीले आफू परराष्ट्रमन्त्री भएकै बेला भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वास कार्यक्रम सुरु भएको बताए । त्यसअनुसार १ लाख १३ हजार ३०७ जना तेस्रो मुलक गएपनि ६ हजार ७५५ बाँकी रहेको र उनीहरुमध्ये ४२९ को कार्ड समेत बनिसकेको बताए । आफू प्रधानमन्त्री भएको बेला बाँकी रहेका शरणार्थीलाई पनि तेस्रो देश पठाउन समिति बनेर त्यसले केही प्रस्ताव पठाएपनि होल्ड गरेको उनले बताए । आफू हटेपछि बनेको नयाँ सरकारले प्रस्तावलाई फिर्ता पठाएको, तर प्रतिवेदनको कभर उही राखेर सूची फेरिएको भन्दै ओलीले भने, ‘परिवर्तन गर्ने को हो ? खोजी गर्नुपर्दैन ?’
यो प्रकरणमा एमाले र आफ्नो नाम जोड्ने रहर गरे पनि त्यो सफल नहुने उनले बताए । ओलीले भने, म चुनौतीका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक पटक प्रधानमन्त्री भएँ, छानबिन गरियोस् ।’ आफ्नो प्रधानमन्त्री कार्यकालमा केही पनि नभएको बताउँदै ओलीले आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन् । ’म चुनौतीका साथ भन्न चाहन्छु म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, प्रधानमन्त्री भएँ । छानबिन होस्, छानबिन गरियोस्, म चुनौतीका साथ भन्न चाहन्छु । हामी सधैं भ्रष्टाचारका विरुद्धमा छौं । छानबिन होस् भन्ने पक्षमा छौं,’ उनले भने, ’कोही पनि दोषी छुट्नुहुँदैन तर अहिले निर्दोष फसाउन प्रयास भइरहेको छ । म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने निर्दोष फसाउने यस प्रकारका प्रयास नगर्दा हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार