सेवा प्रवाहमा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट

नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १५:३३:३०

७ जेठ, भक्तपुर । विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ ।
स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कनअनुसार प्राप्त अङ्कका आधारमा भक्तपुर अस्पताल सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी बागमती प्रदेशभित्रका अस्पतालमध्ये सर्वोत्कृष्ट बन्न सफल भएको हो ।
अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट बनेको घोषणा गरिएको हो । साथै यो अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो ।
अस्पतालको स्थलगत अवलोकन र तीन दिन लगाएर गरिएको मूल्याङ्कनमा भक्तपुर अस्पतालले ९७ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बताए ।
अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा पवन साह, कान्ति बाल अस्पतालका नर्सिङ प्रमुख रोशनी तुइतुइ, स्वास्थ्य विभागका मिरा निरौला लगायतको मूल्याङ्कन टोलीको मूल्याङ्कनमा यस अस्पतालले उक्त अङ्क प्र्राप्त गरेको हो ।
भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा मूल्याङ्कन समितिले तयार पारेको नतिजा सार्वजनिक गर्दै सो अस्पताल वागमती प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको घोषणा गरिएको हो । स्वास्थ्य निर्देशनालयका निर्देशक श्रेष्ठले भक्तपुर अस्पतालको उपस्थितिले उपत्यकामा प्रदेश सरकारको प्रतिनिधित्व मात्र नभई यहाँको सेवाले देशकै शिर उँचो बनाएको बताए ।
प्रदेशभित्र उत्कृष्ट दुई अस्पताललाई बजेटसहित दुई सय शय्याको अनुमति दिने प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई यो अनुमति दिने कार्य प्रारम्भ गर्ने उनको भनाइ थियो ।
निर्देशनालयका महाशाखा प्रमुख सतिश विष्टले भक्तपुर अस्पतालको गुणस्तरलाई अरुले अनुसरण गर्नुपर्नेमा जोड दिँदै बागमती प्रदेशका १३ वटै अस्पतालका मेडिकल सुपरिटेडेन्ट, अध्यक्ष र नर्सिड प्रशासकलाई ल्याएर यहाँको सेवाका बारेमा जानकारी दिनुपर्ने औँल्याए ।
मूल्याङ्कन समितिका सदस्य एवं कान्ति बाल अस्पतालका प्रमुख नर्सिङ प्रशासक तुइतुइले भक्तपुर अस्पतालले विगतभन्दा सेवामा धेरै सुधार गरेको जनाउँदै यो अस्पताल भक्तपुरका बासिन्दाका लागि मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकावासी जनताकै रोजाइको अस्पताल बन्ने पर्याप्त आधार रहेको बताए ।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पताल दोस्रो पटक प्रदेशकै उत्कृष्ट अस्पताल बन्नुमा सिङ्गो ‘टिम’को सही मूल्याङ्कन भएको बताए । उनले भक्तपुर अस्पतालले प्रदान गर्दै आएको सबै सेवाका बारेमा जानकारी गराउँदै सबै कर्मचारीको लगनशीलता र मेहनतको प्रतिफलले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताए ।
अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष रमण कायस्थले उत्कृष्टताको पहिचान थपेसँगै अस्पताललाई अब सेवा खस्किन दिन नहुने जिम्मेवारी थपिएको बताए । त्यो जिम्मेवारीलाई सबै मिलेर पूरा गर्ने र देशकै उत्कृष्ट अस्पताल बनाउन लागिपर्ने उनले बताए ।
तत्कालीन समयमा २७ देखि ३८ अङ्कमा चित्त बुझाउँदै आएको यस अस्पतालमा मेसु डा गौतम आएपछि अस्पतालको सेवा विस्तार र कोरोना महामारीमा उत्कृष्ट काम गरेर विसं २०७७ पुसमा भएको मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी प्रदेशमै उत्कृष्ट बन्न सफल भएको थियो । कोरोना महामारीसँग जुध्दै भक्तपुर अस्पतालले आइसियु, एनआइसियु र भेन्टिलेटर सेवा सुरु गरेको थियो । अहिले अस्पतालले अधिकांश सेवा सुरु गर्नुका साथै २४सै घण्टा शल्यक्रियासहितको सेवा विस्तार गरेको छ ।
पाँच वर्ष अगाडिसम्म ‘रेफर सेन्टर’का रुपमा रहेको भन्दै बिरामी नआउने यस अस्पतालले अहिले गुणस्तरीय सेवा विस्तार गरेसँगै ओपिडीमा दैनिक आठ सयसम्मको भीड र भर्ना गर्नसमेत शय्या अभावको अवस्था आउन थालेको छ । यसअघि कोभिड महामारीमा यस अस्पतालले पु¥याएको सेवाबापत मेसु डा गौतमसहितका कर्मचारीलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पदक प्रदान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यविनायकमा एक सयभन्दा बढी स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित
जेठ २५, २०८० बिहिबार
काठमाडौंमा देखियाे दादुरा संक्रमण, राेकथामका लागि मन्त्रालयले बढायाे अग्रसरता
जेठ २४, २०८० बुधबार
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ
जेठ २४, २०८० बुधबार
गुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
जेठ २५, २०८० बिहिबार
सिरहामा भयावह बन्दै लागुऔषध ओसारपसार, कुलतमा फस्दै युवा पुस्ता
जेठ २६, २०८० शुक्रबार
समानुपातिक सांसदले पनि खोजे सांसद कोषको रकम
जेठ २६, २०८० शुक्रबार
संशाेधित नागरिकता ऐनको पक्षमा भएको धर्नामा जसपाका सांसद सहभागी
जेठ २६, २०८० शुक्रबार
पुँजीगत खर्चमा थेगी नसक्नु चुनौती छन: अर्थमन्त्री
जेठ २६, २०८० शुक्रबार