ढोरपाटनका नगरप्रमुखलाई विदेश यात्रा अनुमति रोक्न अध्यागमनमा गृहको पत्र
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार ११:३७:१७
८ जेठ, काठमाडौं । सहकारीको बचत रकम हिनामिना गरेको आरोपपछि सम्पर्कविहीन रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई विदेश यात्राको अनुमति रोक्न गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्रचार गरेको छ ।
उनी नेतृत्वको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता करोडौं रुपैयाँ रकम हिना गरेको आरोप लागेपछि ४ दिनदेखि मोवाइल स्वीच्ड अफ गरेर सम्पर्कविहीन छन् । गृहको सीमा तथा अध्यागमन शाखाका शाखा अधिकृत परशुराम पोखरेलले आइतबार विभागलाई पत्र लेखेका छन् ।
पत्रमा सहकारीका अध्यक्ष समेत रहेका प्रमुख नेपाली र सहकारीका सम्पूर्ण पदाधिकारीसहित ७ जनालाई विदेश यात्राको अनुमति नदिन भनिएको छ । रकम हिनामिना गरेर विदेश भाग्न सक्ने जनाउँदै अनुमति रोक्न भनिएको हो । सहकारीले एक अर्ब भन्दा धेरै रकम भुक्तानी दिनुपर्ने छ ।
अध्यक्ष नेपालीसहित सहकारीको कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्राअनुमति रद्द गर्न भनिएकाे हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकामा पनि नेपालीलाई रोक्न प्रहरी संयन्त्र समेत परिचालन भएको सहायक प्रजिअ चित्राङगत बरालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छः पीडित
बैशाख १०, २०८१ सोमबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
आजको मौसम : पहाडमा वर्षा, तराइमा हावाहुरीको सम्भावना
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आजको राशीफल
बैशाख १७, २०८१ सोमबार
बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता
बैशाख १७, २०८१ सोमबार
इलाम अपडेट : अग्रता बढाउँदै एमाले, सुहाङ २२८२ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार
सिंहदरबार प्रवेशका लागि आजदेखि इलेक्ट्रोनिक गेटपास पाइने
बैशाख १७, २०८१ सोमबार