सामुदायिक विद्यालयको अनुगमन कडा गर्दै महानगर, सोमबार १३ जना शिक्षकसँग स्पष्टिकरण माग
आबिद हुसेन
जेठ ८, २०८० सोमबार १६:३:२९
८ जेठ, वीरगञ्ज । नयाँ शैक्षिक सत्र सुरु भएसँगै वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयको पठन पाठन चुस्त पार्न अनुगमनलाई पनि तिब्रता दिएको छ । विद्यालयमा शिक्षक अनुपस्थित हुँदा विद्यार्थीहरुको पठन पाठन प्रभावित हुने भएकाले कडाई गर्न महानगरले अनुगमनलाई तिब्रता दिएको हो ।
आइतबार अनुगमनका क्रममा अनुपस्थित देखिएका एउटै विद्यालयका २४ जना शिक्षकलाई कारबाही गरेको महानगरले सोमबार छुट्टाछुट्टै विद्यालयका १३ जना शिक्षकलाई कारबाही गरेको छ ।
सोमबार बिहान गएको अनुगमन टोलीले वीरगञ्जको माइस्थान विद्यापिठ मा।वि।मा ८ जना शिक्षक अनुपस्थित रहेको भेटेको छ । यस्तै अनुगमन टोलीले वडा नम्वर १७ अलौमा रहेको श्री द्वारदेवी मा.वि.मा पनि ५ जना शिक्षक अनुपस्थित रहेको भेटेको छ ।
विद्यालय समयमा अनुपस्थित भएका शिक्षकलाई २४ घण्टा भित्र स्पष्टिकरण बुझाउन पत्र काटिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले बताए । द्वारदेवी मा.वि.मा अहिले पनि विद्यार्थीसँग विभिन्न शीर्षकमा पैसा लिने गरेको पनि अनुगमन टोलीले फेला पारेको छ । टोलीले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीसँग विभिन्न शीर्षकमा पैसा उठाउन राखिएको रसिदको ३ वटा ठेली नै नियन्त्रणमा लिएको छ ।
महानगरले विद्यार्थीसँग कुनै पनि बहानामा कुनै पनि शीर्षकमा पैसा नलिन सार्वजनिक आह्वान नै गरेको छ । तर द्वारदेवी मा.वि.ले विद्यार्थीसँग पैसा असुलेको भेटिएकाले त्यसका प्रधानाध्यापकलाई पनि कारबाही गरिने शिक्षा महाशाखा प्रमुख कर्णले बताए । टोलीले आजै पावरहाउस क्षेत्रमा रहेको सिद्धार्थ मा।वि।को समेत अनुगमन गरेको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार