भोलिदेखि युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री खुला
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार ११:४४:८
१० जेठ, काठमाडौं । युनिक नेपाल लघुवित्तको बिहीबारदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला हुने भएको छ । यस लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो । यसआधारमा १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्काशन हुनेछ ।
युनिक नेपाल लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार
सहकारी प्रकरण : छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै
जेठ ८, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार