भुटानी शरणार्थी प्रकरणमा मानव अधिकारवादी नेता रिजाललाई जबरजस्त फसाइएको दावी
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १२:१३:२१
११ जेठ, काठमाडौं । लामो समयदेखि भुटानी शरणार्थीको पक्षमा वकालत गर्दै आएका मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई नक्कली शरणार्थी प्रकरण पहिले थाहा भएपनि राज्यलाई कुनै पनि कुरा जानकारी नदिइ बसेको अभियोग लगाइएको छ । पहिले नै थाहा भएको र नक्कली भूटानी शरणार्थी बनाउनकै लागि मानव अधिकारवादी संस्थाको नामबाट प्रमाणित गरेको र नेपालीहरूलाई अमेरिका पठाउन सहयोग गरेको अर्को आरोप लगाइएको छ ।
तर नेपाली भाषी भुटानी नागरिकका लागि यत्रो त्याग र बलिदान गरेका नेता रिजालले जाबो १ लाख १० हजार रूपैयाँका लागि आफ्नो प्रतिष्ठा दाउमा लगाए भन्ने बारे कसैले पत्याउदैन् । बरु तत्कालीन उच्च सरकारी अधिकारी र उच्च राजनीतिक नेतृत्वलाई उनले भुटानी शरणार्थीका नाममा ठगी धन्दा भइरहेको सूचना पटक पटक दिएको जनाएका थिए । तर आफूहरू नै ठगी धन्दामा सामेल राजनीतिक उच्च नेतृत्व र सरकारी कर्मचारीहरूले नेता रिजालको कुरा सुनेको नसुने झैं गरेपछि यो रुपमा पटाक्षेप भएको हो । प्रहरीले उनलाई थर्काएर, धम्क्याएर यो खालको बयान दिन लगाएको उनी निकट भुटानीहरुले आरोप लगाएका छन् ।
नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले चार वटा मुख्य अपराधमा आरोपी बनाउँदै दायर गरेको अभियोग पत्रमा उल्लेख भए बमोजिम नेता रिजालले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाउनकै लागि तयार पारिएको केही थान ‘भूटान ह्युमन राइट अर्गनाइजेसन’ को सदस्य कार्डमा आफूले सहीछाप गरेको स्वीकार गरेकाे बयान गराएकाे छ ।
‘प्रतिवादी मध्येका टेकनाथ रिजालले बयानको क्रममा नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी पीडितहरुबाट रकम लिने कार्यमा प्रतिवादीहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, रामशरण के.सी., प्रेमराज पन्थी, ईन्द्रजित राई र टोपबहादुर रायमाझी शुरु अवस्था देखि नै संलग्न छन् भन्ने आफूलाई थाहा भएको भनी खुलाएको’, सो अभियोग पत्रमा भनिएको छ ।
यस्तो छ अभियोग पत्र
टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दुलालबीच टोपबहादुर रायमाझीकै घरमा भेट भई नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका पठाउने बारेमा छलफल र कुराकानी भएको; ५÷६ वर्ष पहिले राम शरण के.सी. मेरो आफ्नै घरमा गई नेपालीहरूलाई नक्कली भूटानी बनाई अमेरिका लैजाने योजना बारेमा जानकारी दिएको सो को लागि मद्दत माग्न आएका भन्ने खुलाएको, रामशरण के.सी.लाई भेषराज शर्मा लम्साल र केशव दुलालसँग चाहबेलको एवान पार्टी प्यालेसमा भेट गराई दिएको भनी खुलाएको; राम शरण के.सी.लाई टेकनाथ रिजालले प्रतिवादी केशव प्रसाद दुलाल र भेषराज लम्सालसँग भेट गराई निज टेकनाथ रिजालले अब काम हुन्छ भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने सम्पुर्ण कार्य वहाहरुले गर्नु हुन्छ भनी ग्यारेन्टी गरेको; मिति २०७६ असार - श्रावणमा आफ्नो र आफ्नो चिनजानका ३४ जना व्यक्तिहरूको भुटानी शरणार्थी कार्ड ( परिचय पत्र ) ’भूटान ह्युमन राइट अर्गनाइजेसन’, सदस्य कार्ड बनाई सो कार्डमा टेकनाथ रिजालले सहीछाप गरी दिएको भनी खुलाएको र सो कुरा टेकनाथ रिजालले स्वीकार गरी बयान गरेको; निज प्रतिवादी टेकनाथ रिजाल, केशव प्रसाद दुलाल र इन्द्रजित राईको फोटो मिसिल संलग्न देखिनु, निज प्रतिवादी टेकनाथ रिजाललाई गौशाला स्थित रहेको प्रतिवादी केशव प्रसाद दुलालले नक्कली भूटानी शरणार्थी बनाउने कार्यका लागी फारम भर्ने र बायोमेट्रिक गर्ने कार्यका लागी बुक गरेको रोज स्टार होटलमा ३-४ दिन सम्म राखेको; निज प्रतिवादी राम शरण के.सी.बाट प्रतिवादी टेकनाथ रिजालले रु.११,००,००० (एघार लाख) नगदै निजको घर झापामा लिएको हो भनी प्रतिवादी राम शरण के.सी.ले खुलाई लेखाई दिएको साथै प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा यी प्रतिवादी टेकनाथ रिजालको लागी खर्च भएको भनी विवरण फेला परेको; जिल्ला झापा खुदुनाबारी–४ बस्ने सुमित्रा पौडेललाई प्रतिवादी टेकनाथ रिजालले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउनको लागी सानु भण्डारी र केशव प्रसाद दुलालसँग भेट गराई दिई रकम समेत दिएको र लामो समय सम्म काम नभएकोले कामको लागी प्रतिवादी टेकनाथ रिजाललाई ताकेता गरेको भन्ने निजै सुमित्रा पौडेले खुलाई लेखाई दिएको समेतका आधार कारणबाट यी प्रतिवादी टेकनाथ रिजाल पनि प्रतिवादीहरु ईन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, टेक नारायण पाण्डे, टोप बहादुर रायमाझी, राम शरण के.सी. समेत सँग मिलेमतो गरी संगठित तवरले पीडित जाहेरवालाहरुलाई ठगी गर्ने कार्य गर्नुका साथै नेपालमा लामो समय सम्म भुटानी शरणार्थीको रुपमा बसी नेपाल सरकारबाट सेवा सुविधा समेत लिई नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई तेश्रो मुलुकमा पठाई दिन्छु भनी ठगी कार्य गरेबाट नेपाल राष्ट्रको हितको प्रतिकूल हुने काम समेत गरेको देखिँदा यी प्रतिवादी टेकनाथ रिजालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने समूहमा आबद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरूका आधारमा विश्वास दिलाई करोडौं रकम उठाई पीडितहरुलाई हानी नोक्सानी पुर्याई ठगी गरी लाभ लिई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसुर गरेको पुष्टि हुन आयो ।
यी प्रतिवादी टेकनाथ रिजालले बालकृष्ण पन्थी संयोजक रहेको भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन २०७६ मा ४२९ जना छुट भएका भुटानी शरणार्थी भनी उल्लेख भएकोमा सो प्रतिवेदनका आधारमा गैर भुटानी शरणार्थीलाई अमेरिका पठाउन सम्भव नभएको हुँदा करोडौं रकम आर्जन उद्देश्यले प्रतिवादीहरुले एक आपसमा मिलोमतो गरी बालकृष्ण पन्थी संयोजक रहेको सक्कली प्रतिवेदनलाई गृह मन्त्रालयका तत्कालीन सचिव रहेका प्रतिवादी टेकनारायण पाण्डे मार्फत बाहिर ल्याएर सो प्रतिवेदनको पृष्ठ ३ को ६ नं. बुँदामा अन्तिम वाक्यको व्यहोरा थप गरेको, पृष्ठ १० को २.५ नं. बुँदामा फरक ब्यहोरा देखिएको, पृष्ठ नं.१३ को क्र.नं., (क.अ.) नं. १४ को ग.नं.को दोश्रो पारा, पृष्ठ १६ को ३.६,३.६.१ र ३.६.२ पृष्ठ नं.१७ र पृष्ठ नं.१८ को निष्कर्षमा व्यहोरा फेरबदल गरी गृहमन्त्रालयमा सक्कल प्रतिवेदनका ठाउँमा नक्कली प्रतिवेदन राखी भुटानी शरणार्थीका नाममा नेपाली नागरिकलाई परिचर पत्र जारी गी लिखत किर्ते, संगठित अपराध र ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको र नक्कली प्रतिवेदन तथा भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाई लिखत किर्तेको कसुर समेत गरेको देखिँदा निज प्रतिवादी टेकनाथ रिजालले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम सरकारी लिखत किर्तेको कसुर गरेको पुष्टि हुन आयो ।
त्यसै गरी प्रतिवादी टेकनाथ रिजालले आफूलाई लाभ पुर्याउने र अकुत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्र हित प्रतिकूल काम गरेको र निजहरुले गरेको उक्त कसुरले नेपालको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा आँच आएको र नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा हेर्ने दृष्टिकोणमा समेत आँच आउने गरी राष्ट्रको साख गिराउने कार्य समेत गरेकोले निज प्रतिवादी टेकनाथ रिजालले राष्ट्र हित प्रतिकूल काम गरेको देखिँदा मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) र उपदफा (७) बमोजिम राज्य विरुद्धको कसुर गरेको देखिन्छ ।
प्रस्तुत मुद्दामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी योजना बनाई भुटानी शरणार्थीको नक्कली कार्ड समेत बनाई बहालवाला गृहमन्त्री, गृह सचिव, सुरक्षा सल्लाहकार, गृहमन्त्रीका निजी सचिव समेतलाई करोडौं रुपैयाँ नगद उपहार दिई सो क्षेत्रका विशेषज्ञहरूलाई आपराधिक समूहको संगठनमा मिसाई श्रेणीबद्ध संरचना तयार गरी संगठित आपराधिक क्रियाकलापमा लागेका सदस्यहरूको कामको जिम्मेवारी बाँडफाँड गरी तहगत आधारमा सबै भन्दा माथि अपराधको नाईकेका रुपमा प्रतिवादीहरु सानु भण्डारी र केशव दुलाल, ईन्द्रजित राई, सन्दिप रायमाझी, प्रतिक थापा बसेर त्यसपछिको सो कार्यलाई कार्यान्वयन गर्ने प्रतिवादीहरु सन्देश शर्मा, आङटावा शेर्पा, निरज राई, टंक कुमार गुरुङ, सागर राई रही त्यस मुनी कार्यदल बनाउने नीति नियम बनाउने प्रतिवादीहरु टेक नारायण पाण्डे, नरेन्द्र के.सी., टोप बहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनाथ रिजाल र शम्सेर मियाँ समेतले नीतिगत रुपमा प्रभाव पार्ने कार्य गरी संगठित रुपमा ठगीको रकम उठाउने आपराधिक कार्यमा प्रतिवादीहरु रामशरण के.सी., राजेश अर्याल, बिक्रम भन्ने गोविन्द चौधरी, सुनील बुढाथोकी, निरन्जन कुमार पोखरेल, धिरेन राई, मोहन राज राई, अशोक पोखेरल, सागर राई, दिपा हुमागाञी, विनिता साङदेन लिम्बु, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्याल समेतले ठगीको रकम संकलन गरी आपराधिक लाभका लागी रकम उठाउने कार्य गरी तहगत संरचनाको आधारमा गोप्य ढंगले आ–आफ्नो भूमिका निर्वाह गरी संगठित अपराध समेत गरेको देखिदा निज प्रतिवादी टेकनाथ रिजालले संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), (२), (३) को खण्ड (क) तथा दफा ५ बमोजिमको संगठित अपराधको कसुर गरेको पुष्टि हुन आयो ।
प्रतिवादी टेकनाथ रिजाल समेतले नियोजित र संगठित रुपमा समूहमा आवद्ध भई एकै वारदातमा एक भन्दा बढी कसुर गरी एकीकृत कसूर समेत गरेको देखिँदा निज प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिम कसुर गरेको स–प्रमाण पुष्टि हुन आएकोले कसुर ठहर हुन अभियोग माग दावी लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार