सहकारीको रकम हिनामिनाका आरोपी मेयर देवकुमार एमालेबाट निलम्बित
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १४:४४:५५
११ जेठ, काठमाडौं । सहकारीका बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको आरोप लागेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली नेकपा (एमाले)ले पार्टीबाट निलम्बनमा परेका छन् ।
एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय बैठकमार्फत नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको हो । नेपाली गण्डकी प्रदेश कमिटी सदस्य थिए । उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हिनामिनाको आरोप निराकरण नभइन्जेलसम्मका लागि निलम्बन गरेको सचिव धनञ्जय दवाडीले बताए ।
बागलुङ र पोखरामा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपाली लगायत सहकारीका पदाधिकारीहरुले बचतकर्ताको करिब २ अर्ब हिनामिना गरेको आरोप छ ।
बचत रकम फिर्ता पाउन नसकेपछि बचतकर्ताहरुले प्रशासनमा उजुरी दिएका छन् । त्यसपछि उनी लगायत सबै पदाधिकारी सम्पर्कविहीन छन् । नेपाली आइतबारादेखि मोवाइल स्वीच्ड अफ गरी सम्पर्कविहीन भएका छन् ।
उनीहरु विदेश भाग्न सक्ने जनाउँदै गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पत्र लेखेर विदेश यात्राको अनुमति रोक्का गर्न भनेको छ । सीमा नाकाहरुमा पनि कडाई साथ निगरानी राखिएको प्रहरीले जनाएको छ ।
माअोवादी पृष्ठभूमिका नेपाली २०७४ को स्थानीय निर्वाचनमा ढोरपाटनको मेयर उम्मेदवार नबनाएपछि एमालेमा लागेका थिए । गत वर्षको वैशाखमा भएको स्थानीय चुनावमा उनी मेयर निर्वाचित भएका थिए । उनको मेयर कार्यकाल यो दोस्रोपटक हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने
बैशाख २१, २०८१ शुक्रबार
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा
बैशाख २१, २०८१ शुक्रबार
चारवटा संसदीय समितिको बैठक बस्दै
बैशाख २१, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने
बैशाख २१, २०८१ शुक्रबार
टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध
बैशाख २१, २०८१ शुक्रबार
डढेलो बस्तीमा पस्दा एक जनाको मृत्यु
बैशाख २१, २०८१ शुक्रबार
खडेरीले बाराको दक्षिणी भागमा रोपाइँ भएन
बैशाख २१, २०८१ शुक्रबार
खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर
बैशाख २१, २०८१ शुक्रबार
आजबाट ‘मनसरा’ रिलिज
बैशाख २१, २०८१ शुक्रबार