रेशम चौधरीको सजाय माफीका लागि सरकारले थाल्यो प्रक्रिया

नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १६:४२:२३

११ जेठ, काठमाडौं । सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय मिनाहको लागि तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा मुख्य योजनाकार ठहर भई जन्मकैदको सजाय पाएका चौधरीको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।
माफी दिने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेका थिए । जेठ १५ गते गणतन्त्र र असाेज ३ गते संविधान दिवसकाे अवसरमा सरकारले विभिन्न कैदीहरूकाे सजाय माफी दिँदै आएकाे छ ।
कैलालीकाे टिकापुर घटना थारु समुदायले संविधानप्रति असन्तुष्ट जनाउँदै थरुहट संघर्ष समितिको नेतृत्वमा आन्दोलन चलाइरहेको थियो ।
चौधरी संरक्षक रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) अहिले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छ । चौधरीको रिहाईलाई मुख्य माग बनाएर नाउपा सरकारमा सामेल भएकाे हो । सर्वाृेच्च अदालतले चौधरीको मुद्दालाई सदर गरेपछि प्रधानमन्त्रीले सरकारले रिहाईको व्यवस्था मिलाउने आश्वसन संसदमै दिएका थिए ।
नाउपा अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ छिन्र । उनी भूमि व्यवस्था मन्त्री बनेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार