जलहरी विवादमा सहमति, एमालेले संसद अवरुद्ध नगर्ने
नेपालबहस संवाददाता
जेठ १३, २०८० शनिबार १२:२७:२१
१३ जेठ, काठमाडौं । पशुपतिनाथको जलहरीका विषयमा उठेको विषयमा शीर्ष दलका शीर्ष नेताहरूबीच सहमति भएको छ । तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको हो । पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्वोधन गर्ने सहमति भएको छ ।
सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए । संसदभित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो । सोही विषयलाई टुंग्याइ सदन सञ्चालन गर्न आज शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीका शीर्ष नेताहरूबीच छलफल भएको हो ।
छलफलमा सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भन्ने आरोपको संसदको रेकर्डबाट हटाउने र आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रष्ट्याउने सहमति एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।
‘सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जुन जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भनेर आरोप लगाउनुभयो, त्यस विषयमा नै छलफल केन्द्रित भयो,’ उनले भने, ‘ ‘ भिडियो रेकर्डबाट हट्छ । जलहरीको बारेमा आएको कुरा तथ्यहीन भएकाले रेकर्डबाट हट्ने सहमति भएको छ ।’
सचेतक गिरीले सत्ता पक्षका सांसद दाहालले स्वास्थ्य उपकरणमा दुई अर्बको भ्रष्टाचारको कुरा पनि संसदमा अभिव्यक्त गरेको भन्दै सो विषय पनि संसदको रेकर्डबाट हटाउने सहमति भएको बताए । संसदको जेठ ९ गते बसेको प्रतिनिधि सभाको बैठकमा सांसद लेखनाथ दाहालले केपी शर्मा ओलीलाई इंगित गर्दै पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाइ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।
“सरकारको काम बजेट छुट्याइदिने मात्रै हो । भ्रम सिर्जना हुने गरी आधारहीन अभिव्यक्ति दिनु गलत भएको भनेर संसदमा सम्बोधन गर्नुहुन्छ । यस बारेमा आरोप लगाउनुभएका माननीयको अभिव्यक्ति रेकर्डबाट हटाइने सहमति भएको छ,” उनले बाह्रखरीसँग भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार
सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार