गुप्तचर विभागका हाकिमको अमेरिका भ्रमण निराशाजनकः आइतबार हाजिर हुने
नेपालबहस संवाददाता
जेठ १३, २०८० शनिबार १५:३०:२६
१३ जेठ, काठमाडौं । नेपालमा नक्कली भूटानी शरणार्थी प्रकरण चलिरहेका बेला अमेरिका पुगेका राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तीन सातापछि शुक्रबार नेपाल फर्केका छन् । नेपालमा हाइप्रोफाइल नेताहरू पक्राउ परे लगत्तै अमेरिका उडेका उनी प्रहरीले अनुसन्धान गरेर मुद्दा बुझाएपछि मात्रै नेपाल फर्केका हुन् । उनी आइतबारबाट कार्यालयमा हाजिर हुन जाने तयारी गरेको स्रोतले जनाएको छ ।
यता नेपालमा अनुसन्धान शुरु हुना साथ उनी अमेरिका उडेका थिए । जेठ १९ गते राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा अमेरिका गएका थिए । थापा परिवारसहित कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा अमेरिका उडेका थिए । उनी फर्कँदा पनि कतार एयरवेजको उडान नम्बर क्यूआर ६४४ बाट काठमाडौं आएका हुन् ।
‘नेपालमा नक्कली भूटानी शरणार्थी अनुसन्धान शुरु हुनसाथ उहाँ अमेरिका जानु भएको हो, अदालतमा मुद्धा दर्ता भएपछि फर्कनु भएको छ, उहाँले अमेरिकामा रहँदा त्यहाँ केही कूटनीतिक भेटघाट गरेको बुझिन्छ’ अनुसन्धान विभागका एक अधिकारीले भने ।
सरकारी वकिलको कार्यालयले नक्कली भूटानी शरणार्थीबारे बुधबार मात्र जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो भने शुक्रबारबाट अदालतमा बयान शुरु भएको छ । उनी भने अमेरिकामा विभिन्न कूटनीतिक लविङमा रहेपनि सफल भएनन् । माओवादी कोटाबाट अनुसन्धान विभाग प्रमुख भएका थापाले अमेरिकाले माओवादीलाई लगाएको आतंकवादीको चार्ज हटाउन उनले कूटनीतिक लविङ गरेपनि उनी सफल नभएको स्रोतको दावी छ ।
गत फागुनमा नेपाल सरकारले अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) का प्रमुख विलियम्स जोसेफ बर्न्सको नेपाल भ्रमणमा रोक लगाएपछि नेपालका गुप्तचर विभाग प्रमुख थापा अमेरिका पुगेर सीआईएका प्रमुखलाई पनि भेट्न खोजेका थिए । तर सीआईए प्रमुखले भेटघाटको समय नदिएपछि उनी निराश भएर नेपाल फर्केका हुन् । तत्कालीन समयमा सीआईए प्रमुख बर्न्सको भ्रमणका बेला अमेरिकी सेनाको जहाजमा २ हजार थान हतियार र अत्याधुनिक गाडीसमेत ल्याउन लागिएको थियो । बर्न्सको भ्रमणसँग ती हतियार पनि उतै रोकिएका थिए । बर्न्सको जहाजसँगै ल्याउन लागिएका हतियार नेपाली सेनाले खरिद गरेको थियो ।
फागुनमा प्रचण्ड नेतृत्वको सरकारले उनको भ्रमण रोकेको थियो । अहिले माओवादी पार्टीलाई लागेको आतङ्ककारी चार्ज हटाउन नेपाल सरकारको अघोषित दूत बनेर गएका थापालाई त्यहाँका प्रमुखले समय छैन भनेर समय दिएनन । ‘धेरै दिनदेखि उनले कोसिस गरेको भएपनि अमेरिकाको गुप्तचर विभागको तल्लो तहको कर्मचारीले पनि उनलाई रेस्पोन्स नगरेको स्रोतको दावी छ । ‘उनी प्रचण्डका दूतका रुपमा अमेरिका आएका रहेछन् तर उनलाई यहाँ कुटनीतिज्ञहरूले सामान्य तहको कर्मचारीको व्यवहार पनि गरेनन्’, स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाटै प्रवेश पास पाइने !
बैशाख १६, २०८१ आइतबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनु’
बैशाख १४, २०८१ शुक्रबार
२८ सहसचिव, ८ उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार