जनकपुरधामका वडाध्यक्ष सहनीलाई कार्वाही गर्न स्थानीयकाे माग
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १८:१:५३
१४ जेठ, काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष उपेन्द्र सहनीले विकासमा पक्षपात गरेको भन्दै कारवाहीको माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । आइतबार बसहियाका सयौं स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका छन् ।
वडाध्यक्ष सहनीले गत बिहीबार ऐलानी जग्गामा वडाध्यक्ष सहनी धर्मशाला निर्माणको काम सुरु गरेपछि स्थानीयले जातिविशेषको नभई सामुदायिक भवन बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । एकलौटी रुपमा काम नगर्न माग गर्दै बिहीबार निर्माणस्थलमै पुगेका स्थानीयमाथि सहनीले कुटपिट समेत गरेका थिए । सोपछि स्थानीय आक्रोशित बनेका हुन् ।
प्रदर्शनकारीहरुले निर्माण कार्य रोक्ने व्यवस्था गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्रसमेत बुझाएका छन् । उनीहरुले आजै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलाई ध्यानाकर्षण पत्र पत्र बुझाएका छन् ।
उनीहरूले ‘सार्वजनिक जग्गामा जातीय अतिक्रमण गर्न पाइँदैन’ लेखिएको प्लेकार्ड प्रदर्शन गरे । घेराउ कार्यक्रममा वृद्धवृद्धासमेत सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीपको लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार