पीडिलाई न्याय दिलाउन मानवअधिकार कर्मीको अहम भुमिका : नगर प्रमुख सिंह
आबिद हुसेन
जेठ १५, २०८० सोमबार १३:१२:२७
१५ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले आम सर्वसाधारणकोको न्याय मा पहुँच न्यून हुदै गएकोले मानवअधिकारवादीले पीडितलाई न्याय दिलाउन पहल गर्नु पर्ने बताएको छ । स्वतन्त्र मानव अधिकार समाजले चौथो राष्ट्रिय परिषद्को उदघाटन गर्दै वीरगन्ज महानगर पालिका का नगर प्रमुख राजेश मान सिंहले राम्रो काम को सहराना र गलत कार्य को विरोध गर्नु पर्ने आवश्यकता रहेको बताए ।
उनले वीरगञ्ज महानगर को समग्र विकासमा सबैलाई साथ सहयोग गर्न अपिल गरेको छ । मानव अधिकार समाज को कार्यमा एक बीरगन्जको विकासमा सफल नेतृत्वदायी भुमिका निर्वाह गरेकोमा नगर प्रमुख राजेश मान सिंहलाई समाज ले सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र वरिष्ठ साहित्यकार नवराज लम्सालले सम्मान पत्र प्रदान गरेको थियो ।
यसैगरी वडा न ५ को वडा अध्यक्ष प्रदीप चौरसियालाई समाजले सम्मान गरेको थियो । स्वतन्त्र मानव अधिकार समाजले चौथो राष्ट्रिय परिषद्को उदघाटन समारोहमा वरिष्ठ साहित्यकार नवराज लम्साल , प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली काग्रेसका प्रकाश उपाध्याय , पत्रकार धुर्व साहले शुभकामना मन्तव्य दिएका थिए । समाजको राष्ट्रिय अध्यक्ष कृष्ण खनाल को सभापतित्वमा भएको कार्यक्रममा सहजीकरण धुर्व अधिकारीले गरेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेशका विना विभागीय मन्त्री साहले वन मन्त्रालय नलिने
बैशाख १६, २०८१ आइतबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार