निर्वाचन क्षेत्र विकास कोष ब्यूँताइयो, एक करोडभन्दा कम लागतको आयोजना छनौट गर्न नपाइने
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १९:१९:२६
१५ जेठ, काठमाडौं । सरकारले सांसदको निर्वाचन क्षेत्र विकास कोषलाई पुनः ब्यूँताएको छ । सोमबार संघीय संसदको संयुक्त बैठक आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदको निर्वाचन क्षेत्रमा विकासमा खर्च गर्न पाउने गरी हरेक निर्वाचन क्षेत्रमा ५ करोड रूपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन् ।
उक्त बजेट सांसदको आफ्नो निर्वाचन क्षेत्रमा सडक, पूर्वाधार, सिँचाई लगायत पूर्वाधार निर्माण क्षेत्रमा एउटा आयोजनामा एक करोड खर्च गर्नुपर्ने मन्त्री महतले बताए । ५ करोड बजेट पाँच वटा विकास आयोजनामा मात्र गर्न पाइने व्यवस्था गरिएको उनले बताए ।
अर्थतन्त्र संकटतर्फ गइरहेको बताउँदै सांसदहरु बाटै कोष ब्यूँताउन नहुने भनिरहेका बेला सरकारले कोषलाई ब्यूँताएको हो । विकास गर्ने क्रममा चरम भ्रष्टाचार भएको र निष्पक्ष रुपमा विकास छनौट र विकास नभएको भन्दै एमाले नेतृत्वको सरकारले कोषलाई खारेज गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थमन्त्रीले कसरी बनाउँदैछन आगामी बजेट ?
बैशाख २०, २०८१ बिहिबार
यो वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत, अर्थतन्त्रको आकार ५७ खर्ब
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार