निर्वाचन क्षेत्रमा ५ करोड दिने सरकारकाे निर्णयप्रति मेयर बालेनले भने- ‘बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आउनुभयो’
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १२:४२:२७
१६ जेठ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले सरकारले प्रत्यक्ष निर्वाचित संघीय सांंसदलाई आगामी आर्थिक वर्षका लागि ५/५ करोड रुपैयाँका दरले निर्वाचन क्षेत्रमा विकासमा खर्च गर्न पाउने गरी रकम छुट्याउने निर्णय कटाक्ष गरेका छन् ।
सरकारले आगामी आवका लागि सोमबार घोषणा गरेको बजेट वक्तव्यमा ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषमा’ सांसदले खर्च पाउने गरी हरेक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ रकम विनियोजन गरिएको उल्लेख छ । मुलुकभरमा संघीय संसद (प्रतिनिधिसभा)को २७५ सिटमध्ये प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० छन् । सरकारले सांसदहरुर्ला आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी रकम विनियोजन गरिएको हो ।
कोषको रकम सांसदले जिल्लामा टुक्रे विकासमा वितरण गर्ने र आफ्ना कार्यकर्ता पाल्न र गुण्डागर्दीमा समेत प्रयोग भई चरम भ्रष्टाचार भएको पाइएको भन्दै आलोचना भएपछि दुई वर्षअघि खारेज गरिएको थियो । त्यही कोषलाई आलोचनाबीच अहिलेका गठबन्धन सरकारले ब्यूँताएको हो ।
कोष ब्यूँताइएपछि मेयर साहले सांसदको हैसियत वडाअध्यक्ष भन्दा फरक नभएको टिप्पणी गरेका छन् । ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो’ उनले लेखेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’
काठमाडौं महानगरपालिकाले एक आवमा झण्डै ८० अर्बको बजेट ल्याउने गरेको छ । एउटै वडा अध्यक्षले एकै आवमा २ अर्ब रुपैयाँसम्म बजेट परिचालन गर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज महागरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ
बैशाख ३१, २०८१ सोमबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार
राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार