भारतले आफ्नो नक्सामा नेपालकाे भूभाग समावेश गरेकाे विरोधमा बागमतीमा संकल्प प्रस्ताव
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १६:२१:५९
१७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाले आज बसेको बैठकले नेपालको भूभाग समेटिएको भारतीय नक्साको विरोधमा संकल्प प्रस्ताव स्वीकृत गरेको छ । बैठकले नेकपा (एमाले) बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले पेस गरेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
पौडेलले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ बमोजिम पेस गरेको संकल्प प्रस्तावलाई प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेश गरेका थिए । संंकल्प प्रस्ताव पेश गर्नका लागि प्रदेशसभा नियमावली २०७४ को नियम २११ को उपनियम १ बमोजिम नियम निलम्बन गरिएको थियो ।
नियम निलम्बनपश्चात् पौडेलले भारतले आफ्नो नयाँ संसद् भवनमा हालै राखेको भारतको नक्सामा नेपालको भूमि लुम्बिनी, विराटनगर, कपिलवस्तु लगायत भूभाग समावेश गरेको थियो । भारतको सो कदमप्रति प्रदेशसभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रुपमा नेपाल सरकारले पहल गर्न संकल्प प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्तावमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन गरेपछि सर्वसम्मत स्वीकृत भएको हो । का थिए । प्रस्तावलाई दलगत रुपमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन रहेको घोषणा गरेका थिए ।
संकल्प प्रस्ताव स्वीकृत गरेसँगै प्रदेशसभाको बैठक स्थगित गरिएको छ । प्रदेशसभाको अर्को बैठक आजै ३० मिनेट पछि बस्नेछ । उक्त बैठकमा प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । बागमती प्रदेशमा गत जेठ १४ गते प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेको थियो ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले भारतको ४ दिने औपचारिक भ्रमणका लागि आजै मात्र ५ जना मन्त्री र डेढ दर्जन सचिवसहित जम्बाे टाेली लिएर भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनलाई स्वागत गर्न भारत सरकारले विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन् । योपटक विमास्थलमा स्वागतका लागि विदेशमन्त्री आउने भनिएपनि व्यवहारमा उल्टो देखिएको छ ।
त्यहाँ रहँदा प्रधानमन्त्री प्रचण्डले थुप्रै विषयमा सम्झौता गर्ने कार्यक्रम छन् । राजनीतिक दल मात्र नभई नागरिक तहबाटै भारतले आफ्नो नक्सा सच्याउन सिधा कुरा गर्न प्रधानमन्त्रीसँग आग्रह गरिरहेका छन् ।
स्वागतको स्तर नमिलेको भन्दै भारतले नेपाललाई पुनः व्यवहारमै हेपाह चरित्र देखाएको चर्चा सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी यसअघि २ पटक नेपाल आउँदा प्रधानमन्त्रीले स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
उदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
बैशाख १४, २०८१ शुक्रबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ सातामा ‘महाजात्रा’ : ५१ औँ दिनतर्फ लम्किँदै
बैशाख १४, २०८१ शुक्रबार