दुई छोरालाई विष खुवाएर आमाले गरिन् आत्महत्याको प्रयास
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार ११:४१:५६
१८ जेठ, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ जाँतेमा एक महिलाले दुई छोरालाई विष खुवाई आफूले पनि विष सेवा गरी आत्महत्याको प्रयास गरेकी छन् ।
बुधबार साँझ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् । बेहोस अवस्थामा फेला पारी उद्धार गरी चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा पुर्याइएकामा नाबालक छोरा जेनिसको मुत्यु भएको जनाइएको छ ।
झार मार्ने विषादी प्यारा क्वाइट डाइक्लोराइड सेवन गरेको बताइएको छ । उनीहरुलाई हेटौडा अस्पतालमा उपचार संभव नभएपछि राति नै चितवन मेडिकल कलेज (सीएमसी)मा लगिएको थियो ।
आमा सोनी र छोरा अस्किनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । दुवै जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । विष सेवनको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार
फेसबुकमार्फत हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ
बैशाख १६, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
कालिकोट र जुम्ला जोड्ने निर्माणाधीन पुल
बैशाख १७, २०८१ सोमबार
नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
बैशाख १७, २०८१ सोमबार
महालक्ष्मी विकास बैंकद्वारा महोत्तरीका आगलागी पीडितलाई राहत सामाग्री वितरण
बैशाख १७, २०८१ सोमबार
धनुषामा आँपको बगैँचामा पुरुषको शव फेला
बैशाख १७, २०८१ सोमबार
बागलुङमा एक लाखभन्दा बढी पशु चौपायालाई खोप
बैशाख १७, २०८१ सोमबार
गण्डकीका आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित
बैशाख १७, २०८१ सोमबार