एसपीको सरुवा तयारीः गृह मन्त्रालयमा बन्दैछ तीन जनाको तीन थरी सरुवा सूची
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १२:२०:२५
१८ जेठ, काठमाडौं । गृह मन्त्रालयमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ आएपछि नेपाल प्रहरीमा एसपी, डीएसपी र इन्सपेक्टरको सरुवा तयारी शुरु भएको छ । सरुवाका लागि पूर्व एआईजी वीरेन्द्रबाबु श्रेष्ठ, गृहमन्त्रीका दाजु मानकाजी श्रेष्ठ र गृहमन्त्रीकै स्वकीय सचिवालयमा कार्यरत सुशन कर्माचार्य लगायतका व्यक्तिहरूले तयारी गरेका हुन् ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सरुवाको विषयमा छलफल हुनुपर्नेमा गृहमन्त्रालय भन्दा बाहिर रहेका असम्बन्धित व्यक्तिहरूले चलखेल गर्न थालेका हुन् । ‘गोरखा घर भएका पूर्व एआईजी वीरेन्द्र बाबु श्रेष्ठ गृहमन्त्रीका अघोषित सल्लाहकार जस्तै हुन्, उनले नै प्रहरीका सरुवाको सूची बनाइरहेका छन्, त्यसैगरी दाजु मानकाजी श्रेष्ठले पनि कसलाई कहाँ पठाउने भन्दै अर्को सूची तयार पारेका छन् भने सुशन कर्माचार्यले पनि बेग्लै सूची बनाएकी छिन्, गृहमा यी तीन जनाले हालीमुहाली गर्न थालेका छन्’, मन्त्रालय स्रोतले भन्यो ।
प्रहरी नियमावलीले एसपीसम्मको सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिएको भएपनि अहिले गृहमन्त्रालय आफै हावी हुन खोजेको छ । नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थीमा आफू अघि बढेको स्टन्टबाजी गरेका गृहमन्त्री श्रेष्ठले प्रहरीमा हस्तक्षेप शुरु गरिसकेका छन् ।
यति बेला एसपी सरुवामा विभिन्न जिल्लाका इन्चार्जहरु पनि फेरिने भएका छन् । सुनसरी, इलाम, नुवाकोट, उदयपुर, कपिलवस्तु, रौतहट, मकवानपुर, बारा, डोटी, कास्की, भक्तपुर लगायत जिल्लाका एसपीको सरुवा गर्न लागिएको छ । सुनसरीमा प्रभु ढकाल, उदयपुरमा ज्ञानेन्द्र फुयाँल, इलाममा दीलिप घिमिरे, नुवाकोटमा रमेश पण्डित, मकवानपुरमा वामदेव गौतम, कास्कीमा अजय केसी, कपिलवस्तुमा प्रेम बस्नेत, बारामा होबिन्द्र बोगटी, रौतहटमा बीरबहादुर बुढा कार्यरत छन् ।
कपिलवस्तुमा रहेका बस्नेतलाई त्यहाँका तस्करहरूसँग मिलेको भन्दै कारबाहीको सिफारिस गरिएको छ भने उनको अवकाशको पनि समय आइसकेको छ । एसपी बस्नेतले प्रहरी निरीक्षक भरत शाहीलाई २ महिनादेखि घुमुवा इन्चार्ज बनाएर जिल्लाका सीमा क्षेत्रमा असुलीका लागि खटाएको खटाएका कारण उनी विवादमा आएका छन् । उनको कमाण्डमा कपिलवस्तुमा ११ जना घुमुवा तैनाथ छन् । तर मर्यादपुर, कृष्णनगर, चाकरचौडाबाट राँगा, खसी, चामल, चिनी, कपडालगायतका तस्करी संगठित रुपमा हुँदै आएका कारण उनलाई त्यहाँबाट हटाउन खोजिएको छ ।
त्यसै गरी उनीसँगै समयावधि पुगेका कारण जेठको अन्तिम साता वा असारको पहिलो साताभित्र एसपीको सरुवा तयारी थालिएको स्रोतको दावी छ । राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका र राजनीतिक शक्तिका आडमा धुनषा पुगेका विश्वराज खड्का, झापा गएका दुर्गा रेग्मी, सर्लाहीका नरेशराज सुवेदी, पर्साका कोमल शाहको कार्यक्षमतामाथि प्रश्न उठाएर सरुवाको तयारी गरिएकाे स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार