अमलेखगञ्ज-चितवन पेट्रोलियम पाइपलाइन निर्माणका लागि भारतसँग एमओयूमा हस्ताक्षर
पाइपलाइनको दुई वटा परियोजना निर्माणमा १७ अर्ब रुपैयाँ लाग्ने अनुमान
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १३:४०:४५
१८ जेठ, काठमाडौं । अमलेखगञ्ज–चितवन र सिलगुडी-झापा पेट्रोलियम पाइपलाइन निर्माणका लागि नेपाल–भारतबीच एमओयू सम्झौता भएको छ ।
४ दिने भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको समुपस्थितिमा उद्योग, वाणिज्य तथा अापूर्ति मन्त्री रमेश रिजाल र भारतका पेट्राेलियम तथा प्राकृतिक ग्यास मन्त्री हरिद्वीप सिंह पुरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । भारतको मोत्तीहारीबाट अमलेखगञ्जसम्म पाइपलाइन बनाउने काम चलिरहेको छ ।
अमलेखगञ्ज–चितवन र सिलगुडी-झापा पाइपलाइन दुई वटा परियोजनाका लागि १७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
दुवै देशका प्रधानमन्त्रीले भारतको बतनाहा र नेपालको विराटनगर दूरीको कार्गो रेल संचालनको पनि संयुक्त रुपमा उद्घाटन पनि गरेका छन् । तल्लो अरुण, फुकोट राजमार्ग लगायत अन्य विभिन्न सम्झौता भएका छन् । सम्झौतापत्रमा हस्ताक्षरपछि अहिले संयुक्त पत्रकार सम्मेलन चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभा बैठक अपरान्ह ४ः३० बजे बस्ने
जेठ ३, २०८१ बिहिबार
चिया बगानको जग्गा आफूले बेचेर कांग्रेसमाथि आरोप लगाउन पाइन्छ ओली जी: देउवा
जेठ ३, २०८१ बिहिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
राष्ट्रियसभा बैठक अपरान्ह ४ः३० बजे बस्ने
जेठ ३, २०८१ बिहिबार
चीन भ्रमणमा पुटिन, सी जिनपिङले गरे रातो कार्पेटमा स्वागत
जेठ ३, २०८१ बिहिबार
चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै
जेठ ३, २०८१ बिहिबार