राष्ट्रिय दूग्ध विकास बोर्ड खारेज हुने कुराले आत्तिनु पर्दैन: मन्त्री भुसाल
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १७:३८:२८
१८ जेठ काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले राष्ट्रिय दूग्ध विकास बोर्ड खोरज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
बिहीबार राष्ट्रिय दूग्ध विकास बोर्डले विश्व दूध दिवसको अवसरमा ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन् ।
बोर्ड खारेजको विषयमा सरोकारवाला निकायहरुबीच छलफल र सहकार्यमार्फत नै प्रक्रिया अगाडि बढाउने बताए । “दूग्ध विकास बोर्ड खारेज गर्ने सरकारको तयारी भएपनि बोर्डलाई पुनःसंरचना गर्ने वा बोर्ड नै कायम राखेर मन्त्रालयले काम गर्ने विषयमा छलफल गरेर टुंग्याउनेछौँ,” उनले भने ।
सार्वजनिक संस्थानहरूले संस्था व्यवस्थापन खर्चका लागि आफ्नै स्रोत बनाउनुपर्ने आवश्यकता भएपनि त्यस्तो नभएको कारण खारेज गर्नुपर्ने अवस्था आएको बताए । उनले संस्थान भएको औचित्य पुष्टि गर्न नसक्दा निर्णय गर्ने निकाय र सिफारिस गर्नेहरुले खारेज गर्न लागेको बताए ।
‘अहिलेको आवश्यकता बोर्ड खारेजी नै हो वा पुनःसंरचनामा जाने तथा अन्य उपाय खोज्ने विषयमा छलफल गर्न सकिन्छ । खारेज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था छैन, उनले भने । बोर्ड खारेज भएपनि कर्मचारी व्यवस्थापन गर्ने सरकारको दायित्व भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
जेठ २, २०८१ बुधबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार