अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १२:२९:२७
१९ जेठ, नेपालगञ्ज । बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २३ गतेसम्म गर्मी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ ।
उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, मदरसा र संस्थागत विद्यालयहरुमा वर्षे बिदाबाट कट्टी हुने गरी तीन दिन बिदा दिने निर्णय गरिएको शाखा अधिकृत लोकेन्द्र शाहीले जानकारी दिए । खजुरा गाउँपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द हुने जनाएको छ । गाउँपालिकालका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्लले सूचना जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
अत्यधिक गर्मी भएका कारण विद्यार्थीलाई पठनपाठनमा कठिनाइ भएकाले शिक्षा समितिको निर्णयअनुसार वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए । नेपालगञ्जको अधिकतम तामत्रम ३८ देखि ४१ डिग्रीको हाराहारीमा रहेको छ । यसका कारण अत्यधिक गर्मी महसुस गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
रोप्नका लागि तयार पारेको धानको ब्याड
जेठ ८, २०८१ मंगलबार
लमजुङ हिमाल र डाँडापाखाको मनोरम दृश्य
जेठ ८, २०८१ मंगलबार
चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान
जेठ ८, २०८१ मंगलबार
नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी
जेठ ८, २०८१ मंगलबार
हलो र गोरुको सहायताले मकै छर्दै किसान
जेठ ८, २०८१ मंगलबार