विस्फोटन गराउँदा क्षति भएका घरको क्षतिपूर्ति दिइने
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १३:१७:२३
१९ जेठ, दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधको काममा विस्फोटन गराउने क्रममा क्षति भएका घरको क्षतिपूर्ति रकम दिइने भएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले बाँध निर्माणका लागि सेती नदीको दुवैतर्फको स्लोप कटानका लागि विस्फोटन गराउँदा घर संरचनामा क्षति पुगेकाले क्षतिपूर्ति रकम दिने निर्णय गरेको हो ।
व्यास नगरपालिका–५ बेतेनीका नौ र ऋषिङ–१ लोक्मामा नौ घरपरिवारको घर संरचनामा पुगेको क्षतिका आधारमा क्षतिपूर्ति निर्धारण उपसमितिले तयार गरेको प्रतिवेदनबमोजिम क्षतिपूर्ति रकम दिने निर्णय भएको आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए ।
साथै प्याकेज–१ का संरचनाको निर्माण कार्यबाट बाँधस्थल वरपरका बस्तीमा कम्पन, आवाजसँगै धुलोलगायतबाट प्रत्यक्ष असर परेका व्यास–५ बेतेनी क्षेत्रका १६ घरधुरीलाई परिवार सङ्ख्याका आधारमा विसं २०८० फागुन ९ गतेसम्म क्षतिपूर्तिबापत रकम उपलब्ध गराउने निर्णय भएको छ । आयोजना निर्माणस्थल वरपर रहेका बस्तीमा भविष्यमा आउनसक्ने यस्तै प्रकारका असरको स्थलगत निरीक्षण गरी थप छलफल गर्ने तयारी गरिएको शिल्पकारले बताए ।
प्याकेज–२ का संरचना निर्माणका लागि व्याचिङ प्लाण्ट सञ्चालन गर्दा ऋषिङ–१ मालिङ्गास्थित एक घरपरिवारको बस्नै नसक्ने गरी जोखिमपूर्ण अवस्था रहेकाले प्राविधिकबाट तयार गरिएको उक्त घरको मूल्याङ्कन प्रतिवेदनबमोजिम आयोजनाका तर्फबाट क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय भएको शिल्पकारले बताए ।
आयोजनाका हाल तीन वटै प्याकेजको काम भइरहेको छ । प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युत्गृह, मुख्य सुरुङ र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कार्य गरिरहेको छ । विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ ।
प्याकेज–१ अन्तर्गत डाइभर्सन सुरुङ–१ को माथिल्लो भाग वारपार (ब्रेक थु्र) भएपश्चात् हाल यसलाई सडक सुरुङका रुपमा प्रयोगमा ल्याइएको जनाइएको छ । त्यस्तै रकबोल्ट जडान, गुणस्तर परीक्षण तथा थप सटक्रिटका कार्य जारी रहेको आयोजनाले जनाएको छ ।
प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका क्रममा हालसम्म ५२ टावरको जग हाल्ने कार्य सकिएको छ । झण्डै ३३ टावरको जडान कार्य भएको छ भने शुन्य दशमलव नौ हजार आठ सय ८३ किलोमिटर तार तान्ने काम सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारले जानकारी दिए । नौ वटा टावरको जग संरक्षण सम्पन्न भएको, एक स्थानमा टावर जडान, एक स्थानमा संरक्षण कार्य र सात स्थानमा जग हाल्ने कार्य भइरहेको उनले बताए ।
आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
तीस लाखको लागतमा बीपी मैदानमा प्यारापिट निर्माण
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार