तराईमा ५ दिनसम्म ‘लू’ चल्न सक्छः महाशाखा
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १८:७:०
१९ जेठ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा आगामी पाँच दिनसम्म लू लाग्न सक्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै मध्य तराईमा बढी जोखिम देखिएको जनाएको छ ।
आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने महाशाखाले जनाएको छ ।
साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन अनुरोध गरिएको छ ।
तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ ।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्पोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !
बैशाख १५, २०८१ शनिबार
होस गरौँ, एआईले लाखौंलाई बनाउँदैछ बेरोजगार
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
उपनिर्वाचनः बझाङमा एमालेको सुरुवाती अग्रता
बैशाख १६, २०८१ आइतबार
मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग वितरण
बैशाख १६, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
बैशाख १६, २०८१ आइतबार
इलाममा ६५७ मतका साथ कांग्रेसका खड्का अगाडि
बैशाख १६, २०८१ आइतबार
नेपालले पाँचौ विकेट गुमायो
बैशाख १६, २०८१ आइतबार
‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी
बैशाख १६, २०८१ आइतबार