कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक

यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार १३:४:३८

नेपाली काग्रेस अहिले अत्यन्तै कमजोर अवस्थामा आएर उभिएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनको संवाहक भएर देशमा पटकपटक लोकतन्त्रको लागि लडेको पार्टी अहिले अन्य कसैको बैशाखी बिना उभिन समेत नसक्ने अवस्थामा आइपुगेको छ । बर्तमान संसदमा सबैभन्दा ठूलो दल भएर पनि कुनै निर्णायक राजनीतिक भूमिका निर्वाह गर्न नसक्ने निरीह अवस्थामा देखिनु नेपाली काङ्ग्रेसका लागि मात्रै हैन सिङ्गो लोकतन्त्रका लागि अभिषाप शिद्ध हुन पुगेको छ ।
२०४६ सालको ऐतिहासिक प्रजातान्त्रिक आन्दोलनपछि नेपालमा कम्युनिस्ट पार्टीहरु च्याउ झै उम्रिए । गरीब देशमा राम्रो मलजल पाएका कम्युनिस्टहरूले देश बिकास र उन्नतिभन्दा पनि देशलाई कसरी कंगाल बनाउदै नेपाली नागरिकहरुलाई सर्वहारा बर्गको मिठासयुक्त नारामा अल्झाउँदै आफुहरु सत्तामा उक्लिने भन्ने गलत मनसायका कारण देशले विकासको बाटो समाउन सकेन, नेपाली कांग्रेसले देशलाई बिकासको गतिमा अगाडि बढाउन पनि सकेन ।
देशमा एकपछि अर्को कम्युनिस्ट नामका बिध्वंसकारी शक्तिहरू जन्मिरहे । बिध्वंस र आतंकका बिचमा नेपाली जनताले बिकासको सपना समेत देख्न पाएनन् । आफू कसरी बाँच्ने भन्ने ध्याउन्नमै नेपाली जनताले दशकौ बिताउन बाध्य हुनुपरेको तितो ईतिहाँसले बर्तमानमा बाँचेका नेपालीहरुलाई समेत तर्साइरहेको अवस्थामा बिकास नामको बस्तुले देश भित्रिन नपाउँदै मरणासन्न अवस्थामा कोमामा बाँच्नुपरेको कहालिलाग्दो बिगत, देश निर्माणभन्दा बिनासको अभियानमा परिचालित तत्कालिन कम्युनिस्टहरू देशकालागि भन्दा पनि बिदेशी प्रभुकालागि बढी बफादार बन्ने, छिमेकी देशमा बसेर देशमा देशमा हत्या, हिंसा र तोडफोडको आतंक मच्चाउने, देशमा निर्माण भएका पुर्वाधार ध्वस्त पार्ने, लुटपाट र धनजनको क्षति पुर्याउने, अभिप्रायले गाउँ पसेका कम्युनिस्टहरूलाई देश र जनताको मायाँ कहिले पनि भएन । निहत्था नागरिक मारेर देशमा बिकासको मुल फुटाउन सकिँदैन भन्ने कुराको हेक्का यीनीहरुमा कहिले पनि आएन या आउन दिइएन । यी दुबै पक्ष हाम्रो देशको हितमा थिएन ।
देश दस बर्षे विध्वंसात्मक आन्दोलनले तहशनहश मात्रै भएन एकता, भाईचारा, मित्रता र मानवीय मुल्य मान्यता समेत सदाकालागि निमिट्यान्न भएर गयो । एकताबद्ध भएर बसेको नेपाली समाज जातिय, धार्मिक, सामाजिक र सास्कृतिक बिभाजनमा रुमल्लिन पुग्यो । जसका कारण आज पनि नेपाली समाज पहिचानको लडाई लडिरहेको छ । जसले आफ्नो पहिचान र सस्कृति सिध्याइदियो त्यसैसँग हात फैलाएर भिख मागिरहेको छ ।
जुन ब्यवस्था फालेर नयाँ ब्यवस्था जंगल पसेको राजनीतिक शक्ति उहीँ पुरानै ब्यवस्थामा भाग खोज्दै सिंहदरवार छिर्यो, त्यसपछिका खुल्ला राजनीतिमा उक्त शक्तिले पुर्याएको क्षति र देखाएको उद्दण्ड रबैया नेपाली जनताले देखिरहेका छन्, हेरिरहेका छन्, भोगिरहेका छन्, ब्यहोरिरहेका छन् ।
बिद्रोहको नाममा देशमा बिध्वंस मच्चाइरहेको शक्तिलाई नेपाली कांग्रेसकै नेतृत्वमा लोकतान्त्रिक मुलधारमा ल्याइएता पनि अझै उक्त शक्तिले जंगलको धम्की दिन छोडेको छैन । लोकतान्त्रिक विधि र पद्धतिलाई उसले अझै पनि आत्मसात गर्न सकिरहेको देखिदैन । आफ्ना केही अगुल्टाहरुलाई जंगलमै छोडेर सधै आगो लगाइदिने डर धाँक र धम्की दिइरहने अलोकतान्त्रिक परिपाटीले उक्त शक्तिलाई निरन्तर राजनीतिको ओरालो यात्रामा लगिरहेको छ ।
बितेका ३४ बर्षमा नेपाली जनताले पञ्चायतकालमा भन्दा बढी दुःख पाएका छन् । शास्ती ब्यहोरेका छन् । आफन्त गुमाएका छन् । सम्पत्ति लुटाएका छन् । अहिले हामी तिनै शक्तिसँग कुम जोडेर हातेमालो गरिरहेका छौँ । यसले नेपाली कांग्रेस आस्था राख्ने लाखौं नेता तथा कार्यकर्ताहरुको मन दुःखेको छ । आत्मा रोएको छ । नेपाली कांग्रेसप्रतिको बिश्वास हराएको छ । यसलाई पुरानै लयमा फर्काउन बर्तमान युवा कांग्रेस क्रियाशील रहेको देखिएतापनि नेपाली कांग्रेस नेतृत्वमा पुरानै सोच हाबी भएका कारण संभव देखिएको छैन । यसकारण नेपाली कांग्रेस कसैको बैशाखी बिना एक्लै हिडन सक्ने, नेपाली जनताको बिश्वास र भरोषा जित्न सक्ने, वीपी कोइरालाले परिकल्पना गरेको, किसुनजी, गणेशमानजी, सुवर्णसम्शेरले प्राण भरेको पुरानो नेपाली कांग्रेस बनाउन बर्तमानको नेपाली जनताको शत्रुको रुपमा रहेको अभाव, बेरोजगार र अशान्तिलाई परास्त गर्नसक्ने कांग्रेस भएन ।
बर्तमान नेपाली कांग्रेस नेतृत्व प्रति आम कांग्रेस कार्यकर्तामा रहेको निराशाको बादलहरुलाई चिर्दै सबल र सक्षम कांग्रेस बनाउन एकपटक डा. शेखर कोइरालाको नेतृत्वमा पार्टी भित्रै रुपान्तरणको आन्दोलन गर्न आवश्यक भैसकेको छ । यो आन्दोलनले आशा र भरोसा गरेका युवाहरुलाई नेपाली काङ्ग्रेसको नेतृत्वमा स्थापित गर्नेछ । देशमा बिकासको नयाँ खाका कोरिनेछ । नेपाली कांग्रेसप्रति नेपाली जनताको टुटिसकेको सम्बन्धलाई जोडने छ । भ्रष्टाचार र बेथितिको सातपत्रे जालो तोडने छ । नेपालको बर्तमान राजनीतिलाई बिकास र समुन्नतिको यात्रातर्फ मोडने छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपसंविधानले सम्झिएका सुशील र सुवास
असोज ३, २०८० बुधबार
चेपाङ समुदायको न्वागी पर्वको सामाजिक सन्देश
भदौ २२, २०८० शुक्रबार
प्रजातान्त्रिक समाजवाद र प्रदीप गिरी
भदौ ४, २०८० सोमबार
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने
असोज १७, २०८० बुधबार
आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
असोज १७, २०८० बुधबार
दर्जनौं कूटनीतिक कर्मचारी फिर्ता लैजान क्यानडासँग भारतको आग्रह
असोज १७, २०८० बुधबार
तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद
असोज १७, २०८० बुधबार