अमेरिकाको टेक्ससमा १२ हप्तामा शरीरको बोसो घटाउने र मांशपेशी बनाउने तालिम
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १७:२१:२
२१ जेठ, काठमाडौं । अमेरिकाको टेक्सस राज्यको ड्यालस बस्दै आएका युवा नेपाली उत्सव सिंहले १२ हप्तामा शरीरको बोसो घटाउने र मांसपेशी बनाउने तालिम दिदै आएकोले इच्छुक सबैलाई अभिरुचि भएमा सम्पर्क गर्न आह्वान गरेका छन् ।
मेहनत गरेमा र केही कुराहरुलाई लागू गरेमा शरीर स्वास्थ्य हुनुको साथै मांशपेशी बनाउन केही समय नलाग्ने उनले ईनेप्लिजलाई बताए । उनि पहिले आफ्नो शरीर आकर्षित र मांसपेशी सहित बनाई सकेका छन । अब उनले युवाहरुले चाहना गरेमा र इच्छुक रहेमा आफूले व्यावसायिक रुपमा प्रशिक्षण दिने बताए ।
उनले अगाडी भने बाह्य एवं आन्तरिक शारीरिक स्वस्थता र सबलताको मुख्य उपाय व्यायाम नै हो। स्ट्रेंथ,इम्यूनिटी र आरोग्यले व्यक्तिलाई फूर्तिलो,जाँगरिलो र आकर्षक बनाउदछ। चुस्त, स्वस्थ र सन्तुष्टले व्यक्तिमा उत्साह, साहस र आकांक्षा थपिन्छ। व्यक्ति ऊर्जावान बन्दछ। त्यसैले मस्सल एण्ड फिटनेस प्रति चेतना बढ्दो छ। समग्रमा वर्कआउट अपरिहार्य छ। अर्थात् त्यसको लागि शारीरिक कसरत र ब्यायाम गर्नु पर्ने कुरामा जोड दिए ।
उनले अझै थप्दै भने चाहेको नतिजा पाउन अनुशासन अनिवार्य पालन गर्नु पर्दछ।अनुशासन पालना भनेको अठोट हो। यस्को लागि आफ्नो कतिपय आनीबानी, खानपान लगाएत दैनिकीमा फेरबदल गर्नु पर्ने हुन्छ। संकल्प, अनुशासन र निरन्तरताबाट लक्षित उपलब्धि निश्चित छ।
अन्त्यमा उनले आफ्नो परिचय दिदै आफ्नो नाम उत्सव सिंह हो भन्दै आफू मस्सल एण्ड फिटनेससंग सम्बन्धित छु। र नेचुरल बडीबिल्डिंग प्रतियोगिता सन् २०२१ मा मैले मिस्टर युएसएको उपाधि 'आफ्नो तौल समूह' ,प्रोकार्ड र स्वर्ण पदक समेत जितेको जानकारी गराएका छन् ।
उनले प्रशिक्षण पनि दिदै आएका छन्। फिटनेस 'सुगठन'को लक्ष्य प्राप्तिमा आफ्ना प्रशिक्षार्थीहरू सफल भएका छन र उनीहरु उत्साहित भएको जनाएका छन् । इच्छुक सबैको पहुँचमा आफु भएको बताउदै सिधै उनिसँग सम्पर्क गर्न सकिने उनले अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
संसदको घटनाक्रमबारे छलफल गर्न बोलाइएको कांग्रेस संसदीय दलको बैठक स्थगित
बैशाख ३१, २०८१ सोमबार
त्रिभुवन विमानस्थबाट भन्सार चेक भैसकेपछि समातियो ५ केजी सुन
बैशाख ३१, २०८१ सोमबार
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
भारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार