स्वरुपराज आचार्यको 'धुँवा धुँवा’ मा प्रान्जल र स्मृति
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार ११:१०:३९
२२ जेठ, काठमाडौं । गायक स्वरुपराज आर्चायको स्वर रहेको ‘धूँवा धूँवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो रिलिज गरिएको हो ।
सो अवसरमा स्थानिय कलाकार तथा संगीतकर्मीहरुको उपस्थित रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ । सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द र येदिन गजमेरको संगीत छ । धिरज श्रेष्ठको एरेन्ज रहेको गीतमा कृष्ण केआर मर्हजनले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
प्रान्जल न्यौपाने र स्मृति श्रेष्ठको अभिनय रहेको भिडियोमा व्यस्तताबीच एक्लिएका एक प्रेमीको मनमा खड्किएको एक्लोपनालाई देखाइएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् । प्रकाश न्यौपानेको निर्माणमा तयार भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेमाथि कारवाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार