यौन दुर्व्यवहार मुद्दामा मदन राई धरौटीमा रिहा

नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १९:३:४२

२२ जेठ, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा खोटाङ जिल्ला आदलतमा मुद्दा दायर भएका कृषि ‘वैज्ञानिक’ मदन राई धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालतमा खोटाङ सोमबार भएको थुनछेक बहसपछि धरौटीमा रिहा भएका हुन् । जिल्ला न्यायाधीश सुवासबाबु परीको इजलासले उनलाई ४ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
राईविरुद्ध उनी आफैंले संचालन गर्दै आएको शुभद्रा मदन फाउण्डेसनमा रहेका बालिका र किशोरीहरुमाथि यौन दुर्व्यवहार र अश्लिल व्यवहार गरेको अभियोगमा जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो ।
मुद्दामाथि भएको सुनुवाइपछि इजलासले राईलाई बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग) (ङ) अन्तरगतको कसुर गरेको ठहर भएको छ ।
राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा राईले दूरव्यवहार गरेको स्वीकारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर
असोज १६, २०८० मंगलबार
सर्वोच्च अदालतका ३ सय २८ कर्मचारीको सरुवा
असोज १५, २०८० सोमबार
पूर्वअरनिकोले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
असोज १२, २०८० शुक्रबार
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने
असोज १७, २०८० बुधबार
सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
असोज १७, २०८० बुधबार
एसियाली खेलकुद : नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश
असोज १७, २०८० बुधबार
महिला भलिबल : नेपाल भारतसँग पराजित
असोज १७, २०८० बुधबार