प्रचण्ड आज खप्तड जाँदै, बाबा रामदेवले योगा सिकाउने
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार ११:९:५०
२३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल खप्तड जाँदैछन् । खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन ।
सो सम्मेलनमा विश्व प्रसिद्ध योग गोरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दैँ आएका महायोगी जगतगुरू सिद्धबाबा कृष्णदास महाराज लगायतको उपस्थिति रहने छ ।
सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको छ भने सो सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ ।
डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काले भरिपूर्ण एवं जैविक विविधताको फूलबारी खप्तडमा सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटी पाइन्छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १६, २०८१ आइतबार
बझाङमा १५९३ मतसहित एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
बैशाख १६, २०८१ आइतबार
काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६५८, एमाले १६३०, स्वतन्त्र ४३० र रास्वपाः ३०८ मत
बैशाख १६, २०८१ आइतबार
फेसबुकमार्फत हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ
बैशाख १६, २०८१ आइतबार