मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज
प्राथमिकतामा कृषि, अनुत्पादक क्षेत्रका आयोजनाहरु कटौतीमा
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार ११:२२:३४
२३ जेठ, काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो विषयमा प्रदेशसभालाई सोमबार पत्र पठाएको थियो । सो पत्र संसदमा सभामुख रामचन्द्र मण्डलले पढेर सुनाएका थिए । सोही अनुसारको व्यवस्था गरिदिन पनि अनुरोध गरेका थिए । वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने भएकाले सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि प्रदेशसभाले पनि आग्रह गरेको छ ।
प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले उत्पादनमूलक क्षेत्रमा केन्द्रित भएर नीति तथा कार्यक्रम तयार पारिएको बताए । आयोग र अनुत्पादक क्षेत्रको आयोजनाहरुमा कटौती गरिएको उनले जानकारी दिए । सरकारले पहिलो प्राथमिकतामा कृषिलाई राखेको उनले बताए ।
कृषिमा विद्युतीकरण र आत्मनिर्भर बनाउने सीपमूलक दीर्घकालीन योजनाहरु समावेश गरिएको उनले बताए ।आगामी कार्तिकमा मधेश प्रदेश सरकारले लगानी सम्मेलन गर्ने भएकाे उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशका विना विभागीय मन्त्री साहले वन मन्त्रालय नलिने
बैशाख १६, २०८१ आइतबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार